१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका वडा अध्यक्षका दुई उम्मेदवारलाई हाजिर हुन मुख्य निर्वाचनको आदेश

१४ बैशाख २०७९, बुधबार ०९:०६

वैशाख १४, मुगु | वडा अध्यक्ष पदको लागि मनोनयन दर्ता गरेका मुगुका दुई उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले हाजिर हुन आदेश दिएको छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा छायाँनाथ रारा नगरपालिकाका-५ को वडा अध्यक्ष पदको उम्मेदवार जनकबहादुर बुढा र सोही नगरपालिकाका-७ का वडा अध्यक्ष पदका उम्मेदवार श्यामबहादुर शाहीलाई यहि १५ वैशाखमा कार्यालयमा हाजिर हुन आदेश दिएकाे हाे ।  

छायाँनाथ रारा नगरपालिका-५ का वडा अध्यक्ष पदका उम्मेदवार बुढाले सार्वजानिक स्थलमा अभद्र व्यवहारका सम्बन्धमा उजुरी परेको हुँदा न्यायको लागि छायाँनाथ रारा नगरपालिका-५ कै देवेन्द्र रावलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता नम्बर १ मा उजुरी दिएको मुख्य निर्वाचन कार्यालय मुगुले जनाएको छ । 

यस्तै, ७ नम्बर वडाका अध्यक्षमा उम्मेदवारी दिएका श्यामबहादुर शाहीलाई अवैध काठ चोरी निकासी कसुरसम्बन्धी उच्च अदालत सुर्खेत जुम्लाबाट ३१ चैत २०७३ मा कसुर सजाए भएको भन्दै मुख्य निर्वाचनको अधिकृतको कार्यालयमा छायाँनाथ रारा नगरपालिका-७ का धमेन्द्र शाहीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता नम्बर १ मा उजुरी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले जनाएको छ । 

मुख्य निर्वाचन कार्यालयका अनुसार उम्मेदवार विरुद्धमा दुवै उम्मेदवारलाई आफ्नो सफाई तथा सबुत प्रमाण साथ १५ वैशाख विहान १० बजे अधिकृतको कार्यालयमा उपस्थित हुन समेत आदेश गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुका प्रमुख पुण्यप्रसाद सापकोटाले जारी गरेकाे सूचनामा उल्लेख छ । 

उजुरी परेका ५ नम्बर वडाका अध्यक्ष पदका उम्मेदवार जनकबहादुर बुढा नेकपा एमालेबाट र ७ नम्बर वडाका अध्यक्ष पदका उम्मेदवार श्यामबहादुर शाही नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार गराई मनोनयन दर्ता गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन