२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ललितपुरमा गठबन्धन : बागी उम्मेदवारीले कांग्रेस-माओवादीमा किचलाे

२०७९, १५ बैशाख बिहीबार ०४:०७

 वैशाख १५, ललितपुर | स्थानीय निर्वाचनको क्रममा ललितपुरमा विवादैविवाद छ । गठबन्धनबाट अलग बनाएपछि नेकपा समाजवादीले जिल्लाभर आफ्नै उम्मेदवार उठाइसकेकाे छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि विवाद छ ।

माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले महाङ्काल गाउँपालिकामा बागी उम्मेदवारी दिएपछि गठबन्धनभित्र विवाद चर्केको हो । कांग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ सहमतिविपरीत माओवादीबाट उम्मेदवारी परेपछि समस्या परेको र उम्मेदवारी फिर्ता लिनुपर्ने बताउँछन् ।

गठबन्धनको सहमति अनुसार महाङ्काल गाउँपालिका-१ र २ मा माओवादी केन्द्रलाई दिनुपर्ने दाबी गरिएको छ । तर, सहमति अनुसार नभएपछि आफूले उम्मेदवारी दिएको नेता लिमल्सिना बताउँछन् । 

श्रेष्ठ भने याे विषयमा सहमति नभएकाे दाबी गर्छन् । 'वडामा कुनै सहमति भएको थिएन । प्रकृयामा थियो । अध्यक्ष नेपाली कांग्रेसर उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमती भने भएको हो,' उनले भने ।

बुधबारको बैठकपछि आआफ्नो पार्टीको विवाद मिलाउने सहमतl भएको श्रेष्ठले बताए ।

महाङ्कालमा विवाद मिलाउने क्रममा जिल्ला नेतृत्वको निर्णयविरुद्ध कांग्रेसका पालिका पदाधिकारीले सामूहिक राजिनामा दिएका छन् ।  कांग्रेस वरिष्ठ उपाध्यक्ष संजय लामा,वडा सभापति रामहरी दुलाल, कोषाध्यक्ष राजराम परियार र  सदस्य बलराम घिमिरेले राजिनामा दिएका हुन् । 

बागमती गाउँपालिकामा वडाध्यक्ष समेत रहेका विष्णु तिमल्सिना र स्थानीय नेता डोलकेशर दाहालले कांग्रेस निर्णय विपरीत क्रमश: अध्यक्ष/उपाध्यक्षमा बागी उम्मेदवारी दिएका छन् । कांग्रेसले वीरबहादुर लोप्चनलाई टिकट दिएपछि तिमल्सिनाले बागी उम्मेदवारी दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी