१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गठबन्धनमा आबद्ध दलका कार्यकर्ता टाउको समाएर रुँदैछन् : पूर्व उपप्रधानमन्त्री पौडेल

१५ बैशाख २०७९, बिहीबार ०९:४१

वैशाख १५, भैरहवा | पूर्व गृहमन्त्री तथा नेकपा एमालेकाउपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन पानीको फोका जस्तै भएकाे बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले सिद्धार्थनगरनगर कमिटीले भैरहवामा बिहीबार आयोजना गरेको स्थानीय तह निर्वाचन-०७९ उम्मेदवार अभिमुखीकरणका क्रममा पौडेलले कम्युनिष्ट पार्टीभन्दा जेठो पार्टी कांग्रेस भए पनि एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताए । 

उनले भने, ‘अहिलेको गठबन्धनको कुनै अर्थ र औचित्य छैन, गठबन्धनमा आबद्ध दलका कार्यकर्ता अहिले टाउको समाएर रुँदैछन् । पसिना पुछ्दै आशु बगाइरहेका छन् यो गठबन्धन एमाले सामु केही होइन ।’ नेता पौडेलले ६० प्रतिशत पालिकामा एमालेले जित्ने दाबी  पनि गरे । उनले पाँच वटा महानगर, नाै वटा उपमहानगर र अधिकांश पालिका जितेर एमालेले स्थानीय सरकार बनाउने बताए । 

यस्तै एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, खिमलाल भट्टराई, भूमिश्वर ढकाल, भरत पोखरेल, सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र थापा, सचिव नारायण भण्डारीलगायतले सिद्धार्थनगर नगर प्रमुखका उम्मेदवार डाक्टर रामप्रसाद बस्यालले अहिलेसम्म धेरैको मुटु र नाडी छामेकोले यस्तो उम्मेदवार कुनै पार्टीमा नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार