२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक लाख ५३ हजार दुईजना उम्मेदवारको मनोनयन दर्ता

२०७९, १५ बैशाख बिहीबार ११:४२

वैशाख १५, काठमाडौँ | स्थानीय तह निर्वाचनका लागि एक लाख ५३ हजारभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले जारी गरेको तथ्यांकअनुसार शुक्रबार दिउँसो ३ः३० बजेसम्म एक लाख ५३ हजार दुईजना उम्मेदवारको मनोनयन दर्ता गरिएको हो । 

जसमा नगर प्रमुखमा तीन हजार ५१०, गाउँपालिका अध्यक्षमा तीन हजार ३८७, उपमेयरमा दुई हजार १६८, गाउँपालिका उपाध्यक्षमा दुई हजार ४०१ जनाको मनोनयन दर्ता गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । 
वडाअध्यक्षका लागि ३५ हजार ३५३ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यहरूका लागि २६ हजार ५३२ जनाको उम्मेदवारी परेको छ । दलित महिला सदस्यमा २३ हजार ९३१ र सदस्यहरूमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ । 
आयोगले उम्मेदवारी रूजु गर्ने काम जारी राखेको भन्दै अन्तिम उम्मेदवारको नामावली सार्वजनिक नगर्दासम्म केही घट्न सक्ने बताए । कानून अनुसार मनोनयन दर्ता नभएकाहरूको उम्मेदवारी आयोगले खारेज गर्नेछ ।
त्यसका लागि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीको बन्द सूचीमा नाम नहटाएकाहरूको उम्मेदवारी आयोगले खारेज गर्नेछ । त्यस्तै कानुनले अयोग्य भनेको उम्मेदवारको हकमा पनि आयोगले उम्मेदवारी खारेज गर्नेछ । 
आयोगले शुक्रबार मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । भोलि १६ वैशाखलाई उम्मेदवारको नाम फिर्ता दिने समय तय गरिएको छ । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । १७ वैशाख उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले