१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोसपाको प्रतिवद्धताः सात सहरमा आधुनिक क्रिकेट मैदान निर्माण, विवाह गर्ने महिलालाई ५१ हजार रुपैयाँ

१६ बैशाख २०७९, शुक्रबार ११:०६

वैशाख १६, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले आज स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा लोसपाले २० वटा प्रतिवद्धता जनाएको छ । 

‘स्तरीय खानेपानी, अनवरत विद्युत प्रवाह र नियमित टोल, गाउँ र नगर सरसफाइका लागि आवश्यक व्यवस्था गरिने छ,’ लोसपाले घोषणापत्रमा प्रतिवद्धता जनाएको छ । 

केही महानगर र उपमहानगरपालिकामा धान्नै नसकिने घर भाडा र अन्य करहरुको बारेका पुनर्विचार गरिने र आवश्यकता देखिएमा करको दायार र दर कम गरिने प्रतिवद्धता पनि लोसपाले गरेको छ । 

हरेक पालिकामा प्याथोलोजी, प्रसूति गृह, मुटुसेवा र आपत्कालीन सेवा सहितको कम्तिमा २५ शैयाको उच्च प्रविधियुक्त गुणस्तरीय अस्पताल स्थापना गरिने र भएका अस्पताललाई आधुनिक बनाइने घोषणापत्रमा उल्लेख छ । 

‘उच्च माध्यमिक तहसम्म निशुल्क शिक्षाको भरपर्दो व्यवस्थापन गरिने छ,’ घोषणापत्रमा भनिएको छ । 

प्राथमिक शिक्षा मातृभाषामा पनि प्राप्त गर्न सकिने व्यवस्थालाई व्यावहारिक रुपमा नै सम्भव बनाइने प्रतिवद्धता लोसपाले गरेको छ । 

प्रसूतिको बेलामा हरेक महिलालाई आफ्नो र बच्चाको सही हेरचाहको लागि ५ हजार १०० रुपैयाँ प्रदान गरिने घोषणापत्रमा जनाइएको छ । 

‘स्नातकसम्म अध्ययन गरेकी र कमजोर आर्थिक अवस्था भएकी महिलालाई विवाहको बेलामा ५१ हजार रुपैयाँ प्रदान गरिने छ । यसले बालविवाह वा कम उमेरमा गरिने विवाहलाई निरुत्साहित गर्नेछ । साथै महिलालाई उच्च शिक्षाका लागि प्रोत्साहन दिनेछ,’ लोसपाले घोषणापत्रमा भनेको छ । 

लोसपाले विपन्न वर्गका गृहिणी तथा महिलाहरुलाई ग्याँसको चुलो र सिलिन्डर वितरण गरिने पनि जनाएको छ । 

‘कृषि आम्दानी कृषकको हातमा कम र बिचौलियाको हातमा धेरै जाने अवस्थाको अन्त्य गर्न कृषकको ढोकैमा उचित मूल्यमा कृषि उत्पादन खरिद गर्न सकिने व्यवस्था गरिने छ,’ लोसपाले प्रतिवद्धता जनाएको छ । 

मधेशको भूमिलाई मरुभूमीकरण हुनबाट बचाउन चुरे क्षेत्रलाई वृक्षारोपण कार्यक्रमको माध्यमबाट हरित बनाई भू–क्षय हुनबाट जोगाइने पनि लोसपाले जनाएको छ । 

‘विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा आधुनिक क्रिकेट मैदान निर्माण र स्तरोन्नति गरिने छ । त्यसमध्ये कुनै दुईलाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने स्तरको क्रिकेट स्टेडियमको रुपमा विकास गरिने छ,’ घोषणापत्रमा उल्लेख छ । 

लोसपाले घोषणापत्रमा सार्वजनिक लाभको पदमा रहेका कुनै पनि जनप्रतिनिधि वा पदाधिकारीलाई आफ्नो अधिकार र कार्यक्षेत्र भित्र सार्वजनिक रकम खर्च गरिने कुनै पनि ठेक्का वा त्यो प्रकृतिको व्यापारिक/व्यावसायिक कार्यमा संल्गन हुनबाट बन्देज लगाइने प्रतिवद्धता पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार