२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वतन्त्र उम्मेदवारीको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले मतपत्र फेरि छाप्नुपर्ने

२०७९, १७ बैशाख शनिबार ०३:०६

वैशाख १७, काठमाडौँ | विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ । केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि छापिएको मतपत्रअनुसार उम्मेदवारलाई चुनाव चिह्न दिन नपुग्ने देखिएको छ। जसले गर्दा आयोगले स्वतन्त्र उम्मेदवारी धेरै परेका स्थानीय तहका लागि फेरि मतपत्र छाप्ने तयारी गरेको छ।

शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनेको सङ्ख्यालाई समेत ध्यान दिई आयोगले यसअघि छापिएको मतपत्रमा चिह्न अपुग हुने पालिकाका लागि मात्र फेरि मतपत्र छाप्ने तयारी गरेको हो । आयोग स्रोतले भन्यो, 'केही पालिकामा अनुमानभन्दा धेरैको उम्मेदवारी परेको छ। त्यसले गर्दा छापिएको मतपत्रमा समावेश गरिएको चिह्नले मात्र सबै उम्मेदवारलाई नपुग्ने देखिएको छ। अपुग हुने पालिकाको सङ्ख्या यकिन गरेर शनिबार वा आइतबार नयाँ व्यवस्था गर्दैछौं।' उम्मेदवारलाई शनिबार चिह्न प्रदान गर्ने कार्यक्रम आयोगको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले