२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीका कुनै पनि उम्मेदवारले अझै पनि बुझाएनन् निर्वाचनमा प्रयोग गर्ने सवारीको विवरण

२०७९, १७ बैशाख शनिबार १०:४९

वैशाख १७, धनगढी | आगामी स्थानीय तह निर्वाचनमा कैलालीका उम्मेदवारहररूले प्रयोग गर्ने सवारी साधानको विवरण निर्वाचन अधिकृतको कार्यालयमा अझैसम्म बुझाएका छैनन् । उम्मेदवारले घरदैलो तथा प्रचारका लागि प्रयोग हुने सवारी साधनको विवरण सम्बन्धित पालिकाकास्थित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था छ । तर, कैलालीमा भने शनिबारसम्म त्यस्ता सवारीको विवरण बुझाउने उम्मेदवार शून्य छन् ।

कैलालीका मुख्य निर्नचन अधिकृत जयानन्द पनेरुका अनुसार उम्मेदवारी मनोनयनकै क्रममा उम्मेदवारले आफूले प्रयोग गर्ने सवारीको विवरण बुझाउनु पर्छ । 'एउटा उम्मेदवारले दुई वटासम्म सवारीसाधन चुनावी प्रचारप्रसार प्रयोजना लागि प्रयोग गर्न पाउने व्यवस्था छ,’ मुख्य निर्वाचन अधिकृत पनेरुले भने, 'तर कैलालीमा एक जना उम्मेदवारले पनि त्यस्तो विवरण बुझाएका छैनन्, यसले अनुगमन तथा सुरक्षा कार्यलाई समेत प्रभावित पर्नेछ ।’

सवारी साधनको विरवण नबुझाएर उम्मेदवारहरूले आचारसंहिता विपरित काम गरेको अनौपचारिक सेवा केन्द्र सन्सेकका सुदूरपश्चिम संयोजक खडकराज जोशी बताउँछन् । ‘उम्मेदवारले आफूले प्रयोग गर्ने सवारीको विवरण बुझाउँदा सुरक्षा निकायलाई पनि त्यसैअनुसार सुरक्षा व्यवस्था गर्न सजिलो हुन सक्छ,’ संयोजक जोशीले भने,  ‘त्यसैले सबै उम्मेदवारले इमान्दार भएर आफूले प्रयोग गर्ने सवारीको विवरण बुझाउनु पर्छ ।’ एउटा उम्मेदवारलाई दुई वटासम्म सवारीसाधन चुनावी प्रचारप्रसारका लागि प्रयोग गर्न पाइने व्यवस्था भए पनि यहाँका उम्मेदवारले भने त्योभन्दा धेरै सवारी प्रयोग गर्ने गरेको उनी बताउँछन् । तर, त्यसको अनुगमन नभएको संयोजक जोशीको आरोप छ ।

'मतदातालाई प्रभावित पार्नेगरी ठुलो भीड देखाउन एउटै उम्मेदवारले दर्जनौं सवारीसाधन प्रयोग गरी चुनावलाई भड्किलो बनाइरहेका छन्,’ जोशीले भने, ‘यसले चुनावी खर्च पनि उच्च बनाइ रहेको छ, यसको सम्बन्धित पक्षबाट अनुगमन हुनु जरुरी छ ।’ उनले कैलालीमा अनुगमन गर्ने निकाय मौन बस्दा उम्मेदवारको मनोमानी बढेको बताए । 

जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले भने कर्मचारी अभावका कारण अनुगमन कमजोर भएको बताए । ‘हामीसँग कर्मचारी अभाव हुँदा उम्मेदवारको विवरण तयार पार्न पनि समस्या भइरहेको छ,’ कार्यालय प्रमुख भट्टले भने, ‘थप कर्मचारी माग गर्दा पाएका छैनौँ, कर्मचारी नपाउँदा अनुमगन प्रभावित बनेको छ ।’ कैलालीका सबै राजनीतिक दलले निर्वाचन आचारसंहिताको पालना गर्ने प्रतिबद्धता जनाएको बताउँदै उनले सबै राजनीतिक दलका प्रमुखलाई त्यस विषयमा पुनः झकझक्याइने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले