१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी महानिरीक्षक बनाउने विषयमा देउवाको चाहना धिरजप्रताप, गृह मन्त्रालयको चाहना विश्वराज

१८ बैशाख २०७९, आईतवार ०७:३९

वैशाख १८, काठमाडाैं | सरकारले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख नियुक्त गर्दै छ । त्यसका लागि आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान ११ बजेलाई बोलाइएको मन्त्रिपरिषद् बैठक अहिलेसम्म बस्न सकेको छैन । नेपाल प्रहरीमा कसलाई महानिरीक्षक बनाउने विषयमा गृह मन्त्रालय र प्रधानमन्त्री शेरबहादुर देउवाबीच विभेद छ । 

गृह मन्त्रालयले नेपाल प्रहरीका नयाँ आईजीपीको लागि एआईजी विश्वराज पोखरेललाई सिफारिस गरेको छ । गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा सिफारिस समितिले पोखरेललाई आईजीपमा बढुवा गर्न सिफारिस गरेको हो । तर, प्रधानमन्त्री देउवाले भने वरीयताको तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने अडान लिएका छन् ।

जसले गर्दा गृह मन्त्रालयको सिफारिस फेल हुने देखिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार देउवाले सिंहलाई नै आईजीपी बनाउने अडान लिएका हुन् । जसले गर्दा आइतबारको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गर्ने गृह मन्त्रालय स्रोतको दाबी छ । 

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीभित्र रहेको चेनअफ कमाण्डलाई नभत्काउने आशय व्यक्त गरेका थिए । सोही अनुसार पोखरेललाई नै आईजीपी बनाउनुपर्ने उनको माग थियो ।

देउवाले आफ्नो मान्छे भन्दै डीआईजीको सातौं नम्बर बरियतामा रहेका सिंहलाई पहिलो नम्बरमा राखेर एआईजीमा बढुवा गराएका थिए । 

डीआईजीबाट एआईजीमा बढुवा गर्दा सिफारिस समितिमा देउवा नै हावी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार