१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीबाट चन्दनको मेयरमा उम्मेदवारी दिएका जीवन बुढ्थापा को हुन् ?

१८ बैशाख २०७९, आईतवार १२:२६

वैशाख १८, जुम्ला | चन्दननाथ नगरपालिका-२ निवासी जीवन बुढ्थापा माओवादी केन्द्रका युवा नेता हुन् । उनले मेयर पदमा लागि उम्मेदवारी दिएका हुन् । बुढ्थापा २०५६ सालमा माओवादी युद्ध तातिएको समयमा काठमाडौंमा विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै जाँदा माओवादी निकट विद्यार्थीमा आबद्ध भएका थिए । 

सोही विचारका आधारमा युवा नेता बुढ्थापा कक्षा १० पढेको समयमा माओवादी विचारमा लागेको भन्दै २०५९ सालमा काठमाडौंमा नेपाली सेनाले गिरफ्तार गरेका थिए ।

वि.सं. २०५९ साल असार ३ गते गिरफ्तारी परेर नेपाली सेनाले ४४ दिनपछि नेता बुढ्थापालाई हनुमान ढोकामा जिम्मा लगाएको थियो । बुढ्थापाका अनुसार २२ दिन हनुमानढोका परिसर हुँदै १३ महिना जेल जीवन बिताएका थिए ।

त्यस्तै, शान्ति प्रक्रियापछि माओवादीको विभिन्न पदमा आबद्ध हुँदै आएका बुढ्थापाले काठमाडौंको जिल्ला कमिटी,नेकपा माओवादी केन्द्रको केन्द्रीय आयोजक कमिटी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि, नेकपाको जिल्ला कमिटी हुँदै राजनीतिक क्षेत्रमा कार्यरत हुनुहुन्छ ।

उनी यसअघि कर्णाली माद्यामिक विद्यालय अनामनगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा पनि लोकप्रिय काम गरेको दाबी गरे । उनी व्यवस्थापन समितिको अध्यक्ष हुँदा त्यो विद्यालय नमुना विद्यालय बन्न सफल भएको थियो । यसअघि बुढ्थापाले गरेका सामाजिक क्षेत्रका कार्यले गर्दा मेयर पदमा उम्मेदवारी दिँदा नगरवासीले ठूलो अपेक्षा गरेका छन् ।  बुढ्थापाले भने, 'यस पटक पार्टीले युवालाई दिएको जिम्मेवारीको पूर्ण पालना गर्ने छु । यस कारण नगरवासीले आफूलाई मत दिने आशा र अनुरोध पनि गर्छु ।' 

नेपाली कांग्रेस र माओवादीको रोचक प्रतिस्पर्धा हुने 

यस पटक  चन्दननाथ गरपालिकाका नेपाली कांग्रेस र माओवादीको रोचक प्रतिस्पर्धा हुने देखिन्छ । माओवादी र कांग्रेसको मात्रै होइन नेपाली कांग्रेसका बलिया नेता राजुसिंह कठायतको स्वतन्त्र उम्मेदवारी परेपछि कांग्रेसमा तरंग छाएको छ । 

त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट चन्दननाथ नगरपालिकामा नगरप्रमुखका उम्मेदवार जीवन बुढ्थापा मैदानमा उत्रिएका छन् । नगर उपप्रमुखमा पूर्णिमा विक रचनाको उम्मेदवारी परेको छ । माओवादीले युवा नेता बुढ्थापालाई प्राथमिकता दिएपछि नगरपालिकामा चर्चा परिचर्चा हुन थालेको छ ।

स्थानीय तह २०७४ को निर्वाचनमा मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रले विजयी हासिल पारेको थियो । माओवादीले युवा नेता बुढ्थापालाई नगरप्रमुखको टिकट दिएर मैदानमा उत्रेपछि नगरपालिकामा आफ्नो नेतृत्वको माओवादी केन्द्र पार्टी विजय हुने उनको दाबी  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार