१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गठबन्धनमा कलह छ, रुपन्देहीमा पहिलाका ८ भन्दा बढी जित्छौं: एमाले अध्यक्ष केसी

१९ बैशाख २०७९, सोमबार ०२:२६

वैशाख १९, रुपन्देही | स्थानीय तहको निर्वाचन नजिकै आइरहँदा रुपन्देहीमा दलहरुले चुनावी गतिविधि तीव्र बनाएका छन् । रुपन्देहीको कुरा गर्ने हो भने गत निर्वाचनमा जिल्लाका १६ वटा स्थानीय तहमध्ये आठवटामा एमालेले एक्लै जित हासिल गरेको थियो । अहिले एमालेको जिल्ला कमिटीको नेतृत्व युवा नेता तेजेन्द्र केसीले गरिरहेका छन् ।  जिल्ला अध्यक्ष केसीले अहिले सिंगो रुपन्देही जिल्लाको चुनावी अभियानलाई अगाडि बढाइरहेका छन् ।

यसपटकको स्थानीय निर्वाचन एमालेका लागि कत्तिको जटिल चुनौतीपूर्ण छ भन्ने विषयमा एमाले रुपन्देहीका अध्यक्ष केसीसँग न्युज कारखानाका लुम्बिनी प्रदेश संयोजक लक्ष्मण पौडेलले गरेको कुराकानी:

स्थानीय तहको चुनावी अभियानमा हुनुहुन्छ । समग्र रुपन्देहीको अवस्था कस्तो पाउनुभएको छ ?

–नेकपा एमालेको समग्र जिल्लाको अवस्था भनेको अत्यन्त राम्रो छ । हामी स्थानीय तहको चुनावमा अहिले १६ वटै पालिकामा हाम्रा निर्वाचन परिचालन कमिटी तथा त्यसभन्दा माथि निर्देशन कमिटी, आर्थिक कमिटी, स्वयंसेवक परिचालन कमिटीलगायत चुनाव केन्द्रित विभिन्न कमिटीहरु बनेका छन् । र हामी युद्धस्तरमा चुनावी तयारीमा जुटेका छौं । जिल्लाका १६ वटै पालिकामा एमालेको उत्साहजनक सहभागिता छ । अहिले हाम्रा उम्मेदवारहरु घरदैलो कार्यक्रममा हुनुहुन्छ । सबै कमिटीहरुले आफ्नो जिम्मेवारीको काम अगाडि बढाइरहेका छन् । 

गएको स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका आठवटा पालिका जितेको थियो । अहिले त्यो कायम रहन्छ ?

–स्वाभाविक छ कि हामी पहिलेको चुनावमा भन्दा अहिलेको चुनावमा विजय हासिल गर्ने स्थानीय तहको संख्या बढाउँछौं । अहिले खासगरी दक्षिणतिर एमालेको प्रभाव अत्यन्तै उत्साहजनक देखिएको छ । र हामी चाहिं दक्षिणी क्षेत्रमा समेत विजय हासिल गर्ने योजनाका साथ अगाडि बढेका छौं । यसअघि जितेका स्थानीय तहमा त हामीले स्वाभाविकरुपले अत्यधिक मतका साथ विजय हासिल गर्छौं । र हामी थप ठाउँमा समेत विजय हासिल गरेर हामी पहिलेको चुनावमा भन्दा राम्रो परिणाम ल्याउँछौं । अहिले एमालेमा धेरै मानिसहरु प्रवेश गरेको अवस्था छ । त्यो प्रवेशका कारणले पनि एमालेको अवस्था सुद्धृढ रहेको देखाउँछ । र सबै पार्टी भन्दा शक्तिशाली पार्टीको रुपमा स्थापित छ । 

पार्टीभित्र असन्तुष्टी पनि त होला नि होइन ?

–असन्तुष्टि हुनु स्वाभिक हो । असन्तुष्टीहरुलाई हामीले व्यवस्थापन गरिसकेका छौं । नीतिगत रुपमा, सैद्धान्तिक रुपमा असहमति केही थिएनन् । कतिपय साथीहरुले जिम्मेवारी लिने कुरामा केही ब्यक्तिगत असन्तुष्टी थियो । हामीसँग एउटा सीमा छ । त्यो सीमा भन्दा बाहिर हामी जान मिल्दैन । एउटा पालिकामा एउटा मेयर हुन्छ, एउटा उपमेयर हुन्छ । त्यहाँ आकांक्षी धेरै हुन सक्छन् । त्यसमध्येको एउटा निर्णय पार्टीले गर्ने हो । पार्टीले फैसला गरिसकेको छ । त्यो फैसलालाई सबै साथीहरुले बोकेर हिंड्नुभएको छ । भएका कमी कमजोरीहरुलाई हामी चुनावपछि समीक्षा गर्ने छौं । जहाँ कमी कमजोरी भएका छन्, तिनी कमी कमजोरीलाई पार्टीले आत्मसाथ गर्ने छ । जो उम्मेदवारका आकांक्षी हुनुहुन्थ्यो । उहाँहरु सबै पार्टी काममा लागि सक्नुभएको छ । 

गत स्थानीय तहको चुनाव भन्दा धेरै स्थानमा जित्छौं भन्नुभयो । जित्ने आधारहरु चाहिं के छन् ?

–हामीसँग प्रशस्त एजेण्डा छन् । पार्टीका अध्यक्ष केपी ओलीले सुरु गर्नुभएका विकास आयोजना तथा कार्यक्रमहरु स्थानीय तहमा एमालेको नेतृत्व नहुने हो भने  अलपत्र पर्छन् । हामीले जितेका ठाउँमा विकासको जुन जग बसाल्ने काम भएको छ, त्यो जग हल्लिन्छ । त्यसकारण हाम्रा सबै जनतासित गाँसिएका धेरै एजेण्डाहरु छन् । त्यसकारण एमालेको विजय अनिवार्य छ ।

जिल्लामा पार्टीको नेतृत्वमा बसेर काम गर्दा चुनावमा देखिने सफलता वा असफलताले तपाईंको भूमिकाको पनि मूल्यांकन होला नै हैन ?

–हाम्रो पार्टी संस्थागत ढंगले अगाडि बढ्दै आएको छ । नेतृत्व गौण कुरा हो । हामीले यसलाई व्यक्तिगत भन्दा पनि संस्थागत ढंगले सोंचेर मूल्यांकन गर्ने परिपाटीको विकास गर्नुपर्छ । नेकपा एमालेको रुपन्देही जिल्लामा जुन सांगठनिक सञ्जाल छ । एमालेका जति कार्यकर्ता, समर्थक, शुभेच्छुकहरु छन् । यी सबै कारणले गर्दाखेरि हामी रुपन्देहीमा अत्यधिक मतले जित्छौं । यहाँ चाहिं हाम्रो पार्टीका थुप्रै नेताहरु हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा जोडिनुभएका हाम्रो पार्टीका उपाध्यक्ष विष्णु पौडेल यसै जिल्लाको हुनुहुन्छ । उहाँहरुले समृद्धिको अभियानलाई अगाडि बढाउनुभएको छ । रुपन्देही जिल्लालाई विकासको मोडल बनाउनुभएको छ । विकास कस्तो हुन्छ रुपन्देही जिल्लामा गएर हेर्नुपर्छ भनेर अन्तका मानिसहरुले भन्ने गर्छन् । यसको नेतृत्व नेकपा एमालेले गरेको छ । यहाँका जनताले त्यो कुरा बुझेका छन् । यसकारण रुपन्देहीका अधिकांश स्थानीय तहमा एमालेको शानदार ढंगले जित हासिल हुन्छ ।

देशव्यापी सत्तारुढ गठबन्धन्धनविरुद्ध धेरैजसो ठाउँमा एमाले एक्लै छ । रुपन्देहीमा गठबन्धनको चुनौती कस्तो छ ?

–विश्वमै हेर्ने हो भने सत्ताको विपक्षमा प्रतिपक्षी पार्टी हुन्छन् । तर नेपालमा प्रमुख प्रतिपक्षी दललाई उक्त दल बलियो भयो, शक्तिशाली भयो भनेर सत्ताको गठबन्धन गरिएको छ । यो बडो अचम्मको परिघटना छ । त्यसकारण रुपन्देही जिल्लामा सत्ता गठबन्धनको केही प्रभाव छैन । सत्ता गठबन्धन आफैभित्र असन्तुष्टी, निराशा, कुण्ठा बोकेर हिंडिरहेको छ । एमालेको पंक्ति सही दिशामा अगाडि बढिरहेको छ ।

तपाई पनि बुटवलमा मेयरको आकांक्षी हुनुहुन्थ्यो । तपाईंका पनि केही असनतुष्टी छन् कि ?

–कुनै असन्तुष्टी छैन । नेकपा एमालेको संस्थागत  फैसलालाई मैले जहिले पनि बोकेर हिंड्ने गरेको छु । एमालेको नीति र नेतृत्वप्रति सधैभरी उत्तरदायी भएर पार्टीका हरेक फैसलालाई बोकेर हिंड्ने मान्छे हुँ । मलाई त्यसमा कुनै पनि असन्तुष्टी छैन । म मात्रै होइन, कुनै पनि आकांक्षी साथीहरुले चित्त दुःखाएर हिंड्नुभएको छैन । सबै चुनावी अभियानमा जोडिनुभएको छ । यो नै हाम्रो विजयको आधार हो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुस्त मनस्थितिकी किशोरीलाई बलात्कारको आरोपमा युवक पक्राउ सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० बढीको मृत्यु क्रोएसिया पठाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि… थानकोटमा युवतीमाथि चक्कु प्रहार: साउदीमा हुँदा पैसा पठाउँथे नेपाल फर्केपछि ‘बेवास्ता’ गरेपछि घटना लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत! डेढ महिनादेखि बेपत्ता वृद्धको शव सडेगलेको अवस्थामा फेला, कपडा र झोलाले चिनियो कोलेस्ट्रोलका बिरामी, मिर्गौला रोगीसहित यी व्यक्तिहरूले खानु हुँदैन अण्डा? प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन