२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेयर/उपमेयरका उम्मेदवारले ५ लाख ५० हजार खर्च गर्न पाउने, वडा अध्यक्ष र वडा सदस्यलाई कति?

२०७९, १९ बैशाख सोमबार ०५:१२

वैशाख १९, काठमाडौँ | स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिह्न आइतबार टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरू मतदाताको घरदैलोमा सक्रिय हुन थालेका छन ।

३० वैशाखमा हुने स्थानीय निर्वाचनमा उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँ तथा कम्तीमा २५ हजार रुपैयाँसम्मको सीमा तोकेर उम्मेदवारका फजुल खर्चमा निर्वाचन आयोगले रोक लगाएको छ ।जसअनुसार आयोगले उपमहानगरपालिकाका मेयर र उपमेयरले ५ लाख ५० हजार तथा वडा अध्यक्ष र वडा सदस्यहरुका लागि ३ लाख रुपैयाँसम्म मात्र खर्च गर्न सक्ने गरी खर्चको सीमा तकिदिएको छ ।

उपमहानगरका मेयर तथा उपमेयरले मतदाता नामावली खरिदमा १ हजार,  सवारी साधन र घोडचढीमा १ लाख १० हजार, सवारी इन्धन र दानमा २६ हजार, प्रचार प्रसार सामाग्रीमा ८५ हजार, ढुवानीमा १५ हजार, गोष्ठी कार्यकर्ता परिचालनमा १ लाख, अन्य प्रचार प्रसार (छापा तथा विद्युतीय माध्यम) मा १ लाख, कार्यालय सञ्चालमा ४० हजार, प्रतिनिधि परिचालनमा ६० हजार र विविधमा १३ हजार गरी ५ लाख ५० हजार रुयैँया मात्रै खर्च गर्न पाउने सीमारेखा कायम गरेको हो । 

यसैगरी, वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित अल्पसंख्यक सदस्यहररूले मतदाता नामावली खरिदमा ५ सय, सवारी साधन र घोडचढीमा २० हजार, सवारी इन्धन र दानमा १५ हजार, प्रचार प्रसार सामाग्रीमा ३५ हजार, ढुवानीमा ८ हजार, गोष्ठी कार्यकर्ता परिचालनमा ६५ हजार, अन्य प्रचार प्रसार (छापा तथा बिद्युत्तिय माध्यम) मा १५ हजार, कार्यालय सञ्चालनमा ६७ हजार, प्रतिनिधि परिचालनमा २० हजार र विविधमा ४ हजार ५ सय गरी २ लाख ५० हजार रुयैँया भित्रको सीमामा रहेर खर्च गर्नुपर्ने आयोगले जनाएको छ ।

गत आइतबार स्थानीय तहका उम्मेदवारले चुनाव चिन्ह पाए लगत्तै सोमबार बिहानैदेखि घरदैलो अभियानलाई थप तीब्रता दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी