१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा माओवादी छाड्नेको लहर, उम्मेदवारसहित एकै पटक २२ जना एमाले प्रवेश

१९ बैशाख २०७९, सोमबार ०६:०८

वैशाख १९, काठमाडौँ | नेकपा माओवादी केन्द्र काठमाडौंमा माओवादी छाड्नेको लहर लागेको छ । माओवादी केन्द्र काठमाडौं जिल्ला कमिटी सदस्य समेत रहनु भएका काठमाडौं महानगरपालिका वडा–१५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जनसहितको २२ जनाको टोली नेकपा (एमाले) प्रवेश गरेको छ ।

आज उहाँहरुलाई नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र काठमाडौं जिल्लाका इञ्चार्ज एवं स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले टिका लगाएर पार्टी प्रवेश गराउनु भएको हो । पार्टी प्रवेशपछि सम्वोधन गर्दै महर्जनले वामआन्दोलनको नेतृत्व माओवादीले गर्न नसक्ने ठहर गर्दै एमाले प्रवेश गरेको बताउनु भयो ।

‘म २०३६ सालदेखि निरन्तर वामआन्दोलनमा सक्रिय रहँदै आएको व्यक्ति हुँ,’ महर्जनले भन्नुभयो- ‘०५४ सालमा नेकपा (एमाले) विभाजन हुँदा म एमालेतिर लागें । दुई पार्टी एक हुँदा केही वर्ष कतै पनि आबद्ध नभइ बसेको थिएँ । पछि माओवादी ठिक ठानेर त्यहि पार्टीमा लागेँ । तर, त्यो पार्टीले वामआन्दोलनको नेतृत्व गर्न नसक्ने ठहर गर्दै आज म २५ वर्षपछि पुरानै घर फर्किएको छु । पुरानो घर फर्किदाँ निकै उत्साहित छु ।’

केही दिन अघिमात्रै पनि नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बन्नुभएका रामशरण डंगोल पनि नेकपा (एमाले) प्रवेश गर्नुभएको थियो ।उहाँलाई नेकपा (एमाले)को तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले टिका लगाएर एमाले प्रवेश गराउनु भएको थियो ।

पार्टी प्रवेशसँगै एक विज्ञप्ति जारी गर्दै उहाँले नेकपा माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार