२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकट खोसिएपछि घरबाट ननिस्किएका पौडेललाई भेट्न ईश्वर पोखरेल पुगे पुरुन्चौर

१९ बैशाख २०७९, सोमबार ०६:१३

वैशाख १९, पोखरा | नेकपा एमालेले सबैभन्दा पहिले पोखरा महानगरको मेयरमा दीपक पौडेललाई टिकट दियो । उनलाई मेयर दिएपछि उपमेयरमा हालकै मन्जुदेवी गुरुङलाई दोहोर्‍यायो । पौडेलले टिकट पाएपछि एमालेकै नेता कार्यकर्ताले विरोध गरे । पुराना भिडियोहरू हालेर बेइज्जत गरिदिए । गुटले गाँजेको एमालेबाट पौडेलले पाएको टिकट खोसियाे ।

उनको ठाउँमा बहालवाला प्रदेश सांसद कृष्ण थापालाई टिकट दिइयो । मन्जु सोही पदमा दोहोरिइन् । अघिल्लो दिनसम्म कुनै हालतमा उपमेयर चुनाव नलड्ने बताएकी मन्जु थापाले मेयर टिकट पाएपछि लड्न राजी भइन् । थापा र गुरुङ पोखरामा केन्द्रीय सदस्य खगराज अधिकारी गुटका हुन् ।

पौडेल भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट हुन् । लामो समय अध्यापन गराएर सक्रिय राजनीतिमा लागेका पौडेलको टिकट खोसिएन मात्रै उनी घरबाट निस्किनै नसक्ने गरी प्रतिष्ठामा आँच आउने काम भयाे । उनका आफन्तहरूले तत्काल घरबाट ननिस्किन आग्रह गरेको बताइएको छ ।

हुन पनि टिकट खोसिएकै दिनदेखि पौडेल चुनावी प्रचारमा छैनन्, उनी घरमै आराम गरेर बसिरहेका छन् । पौडेललाई भेट्न केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पुरुन्चौर पुगेका छन् । पौडेलले अपमान महसुस गरेका कारण प्रचारमा नलागेको बताइएको छ ।

पार्टीले अन्याय गरेको पौडेलले पोखरेललाई गुनासो गरे । करिब २ घण्टा गोप्य भेटपछि पौडेलले पोखरामा एमालेले चुनाव नहार्ने आश्वास्त पारेर फर्काएको एमाले श्रोतले जनाएको छ । ‘उहाँसँग धेरै गुनासा थिए । ति गुनासा राख्नुभयो,’ ती नेताले भने, ‘अन्तिममा एमालेले पोखरामा चुनाव जित्ने र त्यसमा निश्चिन्त रहन भन्नुभयो ।’ पोखरेलले पौडेलको योगदान पार्टीले नभुल्ने विश्वास दिएर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा