२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको प्रतिवद्धता ‘ग’ वर्गका अपाङ्गता र ६० वर्षमाथिका एकल पुरुषलाई पनि भत्ता

२० बैशाख २०७९, मंगलवार ०६:२१

वैशाख २०, लमजुङ | नेकपा (एमाले)ले ‘ग’ वर्गका अपाङ्गता भएका र ६० वर्षभन्दा माथिका एकल पुरुषलाई पनि भत्ता दिने प्रतिवद्धता जनाएकाे  छ । बेसीशहर नगर कमिटीले स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख छ ।

संघीय सरकारले एकल महिलालाई र अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गलाई भत्ता दिने गरेपनि एमाले नगर कमिटीले सार्वजनिक गरेको प्रतिवद्धतामा बेसीशहरमा ‘ग’ वर्गका अपाङ्गता भएका र ६० वर्षभन्दा माथिका एकल पुरुषलाई पनि भत्ता दिने दाबी गरेकाे हाे ।

'नेकपा (एमाले) को रहर, सुखी र समृद्ध बेसीशहर' भन्‍ने नाराका साथ सार्वजनिक गरिएको प्रतिवद्धतापत्रमा विपन्‍नलाई उत्पादनका साधन दिलाउने सामाजिक सुरक्षाको व्यवस्था गरिने, निर्माण क्षेत्रमा अधिकतम रोजगारी सिर्जना हुनेगरी श्रमप्रधान प्रविधिको प्रयोग गरिने, श्रम गर्नसक्ने र चाहनेलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध गरिने, स्वरोजगारका लागि लघुउद्यम तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम तय गरिने, वैदेशिक रोजगारीमा जानेका लागि न्यूनतम सीपमुलक तालिम दिने र विदेशबाट फर्केका व्यक्तिको ज्ञान, सीप र पुँजिको सदुपयोग गर्ने सम्बन्धी कार्यक्रम तय गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

कानुन, तथा योजना तर्जुमा एवं कार्यान्वयन बेसीशहर नगरपालिका सञ्‍चालनका लागि आवश्यक पर्ने ऐन तथा कानुन, नियमावली, निर्देशिका, कार्यविधि निर्माण तथा संशोधन गरी स्थानीय शासन सञ्‍चालन ऐनको आधारमा योजना तर्जुमा र कार्यान्वयन गरिने उल्लेख छ ।

नगरपालिका नगरस्तरीय डिजिटल प्रोफाइल तयार गरी तथ्यांककलाई अद्यावधिक गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ । शिक्षा क्षेत्रमा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमध्येबाट नमुना विद्यालय छनाेट गरी प्रोत्साहन गरिने, शिक्षकलाई बालमैत्री तालिमको व्यवस्था गरी शिक्षण सिकाई प्रक्रियामा गुणस्तरिय कायम गरिने भनिएकाे छ ।

आधारभुत स्वास्थ्य सेवामा नागरिकको मौलिक हक सुनिश्चित गरिने, स्वास्थ्यका लागि हानिकारक खाद्यपदार्थको नियमन, सबै खाद्यवस्तुको मापदण्ड निर्धारण र गुणस्तर अनुगमन गरिने, समय समयमा स्वास्थ्य सेवा शिविर संचालन, प्रजनन स्वास्थ्य र पोषण सेवासम्बन्धी कार्यहरु सञ्चालन गरिने लगायतका अन्य प्रतिवद्धता उल्लेख गरिएको छ ।

फोहोरमैला व्यवस्थापन र सरसफाइतर्फ फोहोरमैला व्यवस्थापनको गुरुयोजना तर्जुमा गरी वैज्ञानिक तथा दीर्घकालीन रुपको ल्यान्डफिल साइटको व्यवस्थापन गरिने, फोहोरमैला व्यवस्थापन र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्‍चालन गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । विद्युतीकरण र वैकल्पिक उर्जा, जलस्राेत तथा सिंचाइ पूर्वाधार, सडक तथा यातायात, आवास व्यवस्था, कृषि क्षेत्रतर्फ  कृषिमा आधुनिकिरण र प्रविधिको उपयोग गरी स्मार्ट विधिमा विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’