२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उम्मेदवारका एजेण्डाः सेफ्टीक ट्यांकी निःशुल्क सफा गराउनेदेखि पाँच रुपैयाँमै खानासम्म

२०७९, २० बैशाख मंगलवार ०६:२९

वैशाख २०, बुटवल | सिद्धार्थनगर नगरपालिकाका विभिन्‍न दलका उम्मेदवारले मतदाता आकर्षित गर्न निःशुल्क रुपमा सेफ्टीक ट्यांकी सफा गराउनेदेखि कर छुटसम्मका एजेण्डा ल्याएका छन् । 

आगामी ३० वैशाखमा हुने निर्वाचनमा उम्मेदवारबीच एजेण्डा प्रस्तुत गर्ने होडबाजी नै चलेको छ । आकर्षक एजेण्डा बनाउने र मतदातालाई आफूतिर आकर्षित गर्ने गरी उम्मेदवारले मतदाता भेटघाटलाई पनि तीव्र पारेका छन् ।

सिद्धार्थनगर नगरपालिकामा दलगत र स्वतन्त्र गरी १५ जनाले उम्मेदवार छन् । अधिकांशका घोषणापत्रमा करछुट गराउनेदेखि शिक्षा, स्वास्थ्य, कृषि, सरसफाइ, खानेपानीका ठूल्ठूला वाचा गरिएका छन् । तर, ती काम कसरी पूरा गर्ने भन्‍न‍े विषयमा कसैसँग कुनै ठोस योजना भने देखिएको छैन ।

एमालेबाट मेयरमा उम्मेदवारी दिएका डा रामप्रसाद बस्यालले प्रत्येक नगरवासीको घर-घरमा घाेषणापत्र पु-याएको बताउँदै पार्टी र आफ्नो एजेण्डा सोही घोषणापत्रबाट नागरिकले जान्‍न सक्ने बताए । उनले अहिले पनि सिद्धार्थनगर नगरपालिकाले प्रयाप्त विकास गरेको बताउदै आफू विजयी भए त्यसलाई निरन्तरता दिने बताए । 

नेकपा (एकीकृत समाजवादी) का बाट मेयरका उम्मेदवार थमन पुन (कुलेन्द्र) ले पहिलो प्राथमिकतामा स्वास्थ्य राखेको बताए । उनले स्वास्थ्यको साथै महिनाको ५ हजार लिटर खानेपानी निःशुल्क गर्ने बताए । युवा श्रम गठन गरी नगरमा रहेका युवाको अवस्थाबारे जानकारी लिने उनले बताए । खेलकुद र खेलाडीलाई सम्बोधन गरिने बताउदै उनले आफ्नो पारिश्रमिक एकल महिला र अति विपन्‍नको सेवामा खर्च गर्ने पनि बताए ।

राप्रपाकाबाट मेयर उम्मेदवार सागर प्रताप राणले विजयी भए नगरमा उपलब्ध विज्ञको सुझाव अनुसारको सहर बनाउने प्रतिवद्धता व्यक्त गरे । नगरको विकासमा एडिबीको महत्वपूर्ण योगदान रहेपनि यसले नगरको समग्र समस्या समाधान नगरेको उनको तर्क छ । गलत डिजाइनका कारण नगर अहिले डुबानमा रहेकोले आफूले पानीको उचित निकासमा पहल गर्ने उनले बताए ।

राणाले अहिले नगरपालिकाले चर्को कर असुलीरहेको आरोप लगाउदै आफू मेयरमा विजयी भए करमा ५० प्रतिशतसम्म कटौती गर्ने योजना सुनाए । यति मात्र नभई महिला उद्यमीको लागी थप १२ प्रतिशत कटौती गर्ने आफ्नो एजेण्डा रहेको राणाको भनाइ छ ।

कांग्रेसबाट मेयरका उम्मेदवार ईश्तियाक अहमद खाँले नगरवासीको सपना साकार पार्न उम्मदेवारी दिएको बताए । उनले भैरहवालाई ग्रीन-क्लिन सहर बनाउने अभियानमा लागेको भन्दै यसको लागि भैरहवामा बोटानिकल गार्डेन बनाउने योजना रहेको बताए । खानले भैरहवाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्दै नगरलाई प्लाष्टिकमुक्त बनाउने योजना रहेको जानकारी दिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मोहम्मद वसिर मुसलमानले नगरको विकासमा युवाले कहिल्यै अवसर नपाएको बताए । उनले भैरहवाका १५ प्रतिशत गरिब जनतालाई पाँच रुपैयामै उपलब्ध हुने गरी खाना उपलब्ध गराइने योजना सुनाए । 

जसपाका तर्फबाट प्रमुख पदका उम्मेदवार मात्रिका प्रसाद यादवले सबै वडामा सामानान्तर विकास आफ्नो मूल एजेण्डा रहेको बताए । 

राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार हसनरजाले आफूसँंग नगर विकासको लागी गाँस, बास, कपास, स्वास्थ्य शिक्षा लगायत ४० बुँदे घोषणापत्र रहेको बताए । आफू नगरको मेयरमा विजयी भए नगरका सेफ्टीक ट्यांकी निःशुल्क रुपमा सफा गराउने योजना रहेको उनले सुनाए । यसका साथै १३ वटै वडामा मेयर आवास योजना लागू, ५० प्रतिशतसम्म कर छुट गर्ने उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा