१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंकी उपप्रमुख उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

२० बैशाख २०७९, मंगलवार ०७:०२

वैशाख २०, काठमाडाैं | काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगाेलविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा  उजूरी दर्ता भएको छ । उनीविरुद्ध आयाेगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको उजुरी परेकाे हाे । निवेदकले आफू काठमाडाैँ महानगरपालिकाकै स्थायी बासिन्दा रहेकाे खुलाएका छन् ।

उजुरीमा डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्षसम्म काठमाडाैँ महानगरको शहरी विकास परियोजनाको सल्लाहकारकाे रूपमा नियुक्ति लिइ तलब-सुविधा बुझेकाे आराेप छ । काठमाडाैँ महानगरपालिकामा रहेको शहरी विकास परियोजनाज विज्ञ सल्लाहकारसँग प्राविधिक विषयको राम्राे ज्ञान हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा समाजशास्त्र विषयमा स्नातक गरेको उनलाई नियुक्ति दिइएको भन्दै त्यसकाे अध्ययन अनुसन्धान गर्नुपर्ने माग उजुरीमा गरिएकाे छ ।

उजुरी वैशाख १६ गते नै दर्ता भइसकेकाे बताइएकाे छ । उजुरीमा उनकाे नियुक्तिको सम्पूर्ण फाइल महानगरबाट झिकाइ भ्रष्टाचार निवारण ऐनअनुसार कसूर सजाय गराइ प्राप्त गरेको रकम तथा जरिवानासमेत असुलउपर गराउन माग गरिएको छ ।

   

   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार