२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माधव नेपालको टिप्पणी- केपी ओलीले गफमा विद्यावारिधि गरे

२०७९, २२ बैशाख बिहीबार १०:३७

वैशाख २२, काठमाडौं | एमाले अध्यक्ष केपी ओलीले गफमा विद्यावारिधि गरेको नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् । चितवनमा बिहीबार आयोजित सत्तारुढ गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले गफमा ओलीले विद्यावारिधि गरेको टिप्पणी गरेका हुन् । 

‘ओलीले गफमा विद्यावारिधि गरेका छन् । झुटको पुलिन्दा छर्न सक्छन् । समयमा बुझ्नु भएन भने फुर्सदमा पछुताउनु पर्ला,’ उनले भने, ‘यहि भरतपुरमा २०६२ को जनाअन्दोलनको जुलुसको अगुवाइ गरेको थिएँ । अहिले पनि केपी ओलीको प्रतिगमनविरुद्ध  एकतावद्ध नभएको भए संविधान कागजको खोस्टोमा परिणत हुने थियो ।’ 

एमालेको आवश्यकता र औचित्य सकिएको दाबी गर्दै एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गरेका नेपालले भने, ‘एमालेमा फर्सी फलाएको मैले नै हो । तर, त्यो फर्सी कुहिसकेको छ । वाम लोकतान्त्रिक गठबन्धनलाई नोक्सान हुने गरि कोही लाग्न हुँदैन ।’ 

रेणु दाहालले भरतपुरको विकासको लागि अघि बढ्न मेयरमा उम्मेदवारी दिएको भन्दै उनले  भने, ‘भरतपुरमा दुई मत छैन । रेणु दाहाल विकासको लागि अघि बढ्ने मेयर पाएका छौँ भन्छन् जुन मान्छेलाई सोध्दा पनि । नमुना नगरको रुपमा भरतपुरलाई विकास गर्नु छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी