१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

के विपन्‍न मतदाता भोट बैंक मात्र हुन् ?

२३ बैशाख २०७९, शुक्रबार ०३:०४

वैशाख २३, सुर्खेत | जाजरकोट बारेकोट गाउँपालिका-२ रोकायगाउँका ५२ वर्षीय वीर कामीलाई भेट्न दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपांगता भोगिरेहका उनलाई यसअघिका चुनावमा पनि उम्मेदवारले विभिन्‍न आश्वासन दिए । ‘चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भन्छन्,’ उनले भने, ‘तर जितेर गएपछि बैसाखी पनि दिन सकेनन् ।’

भेरी नगरपालिका-११ कटीगाउँका १ सय ५७ घर परिवार ऋणमा डुबेका छन् । ऋण तिर्न स्थानीय भारतसहित अन्य मुलुकमा राेजगारीमा जान्छन् । धेरै परिवार विस्थापितसमेत भइसकेका छन् । निर्वाचनका बेला पुग्‍ने सबै उम्मेदवारले ऋण तिरिदिने बाचा गरे पनि जितेर गएपछि फर्केर नआउने गरेको स्थानीय नरबहादुर वरले बताए  ।

‘हामी त भोट बैंक मात्र भयौं,’ उनले भने, ‘भाेटका लागि झुटो आश्वासन दिन्छन्, जितेपछि फर्केर पनि हेर्दैनन्।’ यसपटक ऋण तिर्ने गरी आर्यआर्जनमा जोड्ने लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने उनको भनाइ छ ।

उनले वर्षौंदेखि राजनीतिकले सपना बाँडिरहेको बताए । उनका अनुसार गाउँमा मजदुरी नपाउँदा गाउँका अधिकांश युवा कमाइ गर्न भारत गएका छन् । पुख्यौली पेशा पनि संकटमा परेपछि जीविकोपार्जनमा समस्या भएको उनले बताए ।

गत निर्वाचनमा जनप्रतिनिधिले मतदातालाई गरेरका बाचा पूरा नगरेकाले अहिलेका उम्मेदवारप्रति आफूहरूको भरोसा नभएको उनको भनाइ छ । झन्डै तीन-चार वर्ष देखि गाउँका अधिकांश मानिसहरु ऋणमा डुवेर गाउँ छोड्न बाध्य छन् ।

हरेक चुनावमा दलित समुदायको मत निर्णायक मान्‍ने राजनीतक दलले दलित समुदायको समस्याहरुको कुरा वर्षौंदेखि बिर्सिरहेको उनको गुनासो छ । 

यसअघिको निर्वाचनमा गरेरका बाचा जनप्रतिनिधिले पूरा नगरेकाले यो निर्वाचनमा केही सोच्‍नुपर्ने बेला आएको कुशे गाउँपालिका-४ का दत्तबहादुर नेपालीले बताए  । ‘अहिले त उम्मेदवारले लिखित सहमति गरेपछि मात्र भोट दिने निर्णय गरेका छौं,’ उनले भने, ‘नेताहरूले जितेपछि महल ठड्याउँछन्, हामी भने मजदुरीका लागि बर्सेनि भारत जानुपर्छ ।’

उनका अनुसार जिल्ला भरिका २ हजार भन्दा बढी परिवार जिल्ला बाहिर छन् । अघिल्लो निर्वाचनमा उम्मेदवारले ल्याएका एजेन्डा फेरि दोहरिएको नलगाड नगरपालिका-३ का गंगराम नेपालीले बताए । ‘यो पल्ट पनि हाम्रा लागि फकाउने एजेन्डा मात्र छन्,’ उनले भने, ‘अब त पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था आएको छ, अघिल्लो चुनावले हामीलाई धेरै पाठ सिकाएको छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार