१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा मेयर उम्मेदवार गौतमको सवारीसाधन आगजानी गर्नेलाई कारबाही गर्न राप्रपाको माग

२३ बैशाख २०७९, शुक्रबार ०५:३०

वैशाख २३, काठमाडौँ | राप्रपाले मोरङको बेलबारी नगरपालिकामा मेयर पदका उम्मेदवार खेमराज गौतमको सवारीसाधन आगजनी गर्नेलाई कारबाही गर्न माग गरेको छ । 

राप्रपाबाट मेयर उम्मेदवार बनेका गौतमको सवारीसाधनमाथि पेट्रोल छर्किएर आगजानी गरिएपछि सो पार्टीले दोषीमाथि कारबाही गर्न माग गरेको हो । 

उम्मेदवार गौतमको सवारीसाधनमाथि आगजानी गरिएको घटना निन्दनीय रहेको भन्दै राप्रपाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको हो ।

‘मोरङको बेलबारी नगरपालिकामा राप्रपाको तर्फबाट मेयर पदका उमेदवार खेमराज गौतमको सवारीसाधनमाथि आगजनी गरिएको घटना दुःखद र निन्दनीय छ । सिसिटिभी फुटेजबाट मोटरमा पेट्रोल छर्केर आगो लगाउने व्यक्तिको पहिचान भएको र नेपाली कांग्रेसको कार्यकर्ताको रुपमा परिचित निज पक्राउसमेत परिसकेको अवस्थामा घटनाको यथार्थ विवरण लिन, निजलाई उक्साउने व्यक्ति, समूह र दलबारे सत्यतथ्य छानबिन गरी हदैसम्मको कारबाहीको माग गर्दछौं,’ राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

राप्रपाले निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार