१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एउटै चौरमा गठबन्धन र एमालेको चुनावी सभा : अघिअघि गठबन्धन, पछिपछि एमाले

२३ बैशाख २०७९, शुक्रबार ०९:४८

वैशाख २३, पोखरा | सबैजसो राजनीतिक दलहरुको प्रमुख चासोमा महानगर छ । उनीहरूले जुनसुकै हालतमा महानगर गुमाउन चाहँदैनन् । अहिले चुनावी गतिविधि सबै पार्टीको तीव्र छ । पोखरा महानगर अझै अर्थपूर्ण रुपमा हेरिएको छ । यहाँ गठबन्धन भर्सेज एमाले छ ।

अघिल्लो स्थानीय चुनावमा कांग्रेसलाई १३ हजारभन्दा बढी मतले हराएको एमालेलाई अहिले तेस्राे दल नेकपा माओवादी केन्द्र र उही पार्टीबाट फुटेको एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनर्मोर्चाको मोर्चा कांग्रेसको नेतृत्वमा एकातिर छ ।

एमालेलाई राप्रपा नेपाल र नेपाल परिवार दलले सहयोग गर्ने बताएको छ । राप्रपा नेपालले मेयर र उपमेयरमा उम्मेद्वारी दिए पनि एमालेलाई सघाउने भन्दै फिर्ता लिइसकेको छ ।

आफ्ना उम्मेद्वारलाई जिताउन दुवै पक्षले पोखरामा चुनावी सभा आयोजना गर्दैछन् । १५ वैशाखमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूले गठबन्धनका उम्मेद्वारको पक्षमा भोट माग्नेछन् ।

कास्की कांग्रेसको आयोजनामा कार्यक्रम हुने भएकोले उक्त सभामा अरु पार्टीका नेताहरू को-को आउने भन्ने टुंगिएको छैन । अमरसिंह चौरमा हुने कार्यक्रमका लागि कांग्रेसले गठबन्धनका सबैलाई निम्तो गरेको छ ।

सोही मैदानमा भोलिपल्ट २६ वैशाखमा नेकपा एमालेको चुनावी सभा छ । अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने गरी कार्यक्रमको आयोजना गरिएको हो । अहिलेको प्रतिश्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ । दुवै टोलीले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार