१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहीँ नभएको जात्रा केपी ओलीको पालामा देखियो : माधव नेपाल

२३ बैशाख २०७९, शुक्रबार ११:१८

वैशाख २३, काठमाडौं | एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले कहीँ नभएको जात्रा केपी ओलीको पालामा भएको बताएका छन् । काठमाडाैंमा शुक्रबार आयाेजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको पालामा जात्रै जात्रा भएको बताए । 

‘पाँच वर्षपछि सकिने आयोजनाको आजै उद्घाटन गर्ने । ३०० अस्पतालका भवन आजै उद्घाटन गरिदिने । कहीँ नभएको जात्रा जस्तो सबै एकैदिनमा गर्न खोज्ने । कहीँ नभएको जात्रा केपी ओलीको पालामा भयो,’ अध्यक्ष नेपालले भने । 

पाँच दलले उठाएका काठमाडौं महानगरका मेयर र उपमेयरले काठमाडौंको विकासका लागि उत्कृष्ट विचार अघि सारेको बताए । ‘गठबन्धनका उम्मेदवार एकदमै राम्रो विचार भएका छन् । आफूले नसक्ने काम विज्ञमार्फत गर्छु भन्नुभएको छ । यो अत्यन्तै उत्कृष्ट विचार हो,’ अध्यक्ष नेपालले भने । 

सिंगो काठमाडौंलाई ध्यानमा राखेर स्मार्ट सिटी बनाउनुपर्ने उनको भनाइ छ । कतिपय कामहरू एउटै जिल्ला र पालिकाले मात्र गर्न नसक्ने भन्दै त्यसका लागि समन्वयकारी भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने बताए । 

गफ नभएर काम गरेर जनताको मन जित्नुपर्नेमा जोड दिए । गठबन्धनतर्फका उम्मेदवारलाई इमान्दार भएर जनताको काममा समर्पित हुनसमेत आग्रह गरे । दम्भले कहिल्यै पनि नहुने भन्दै गफ र दम्भका साथ अघि बढ्दा जनतालाई मुर्ख बनाउन मात्रै सकिने तर, काम गर्न नसकिने उनले बताए । 

काठमाडौंको लागि योजना बनाउँदा ५० वर्षलाई ध्यानमा राखेर बनाउनुपर्ने बताउँदै उनले फिलिपिन्सको विकासको मोडल समेत स्मरण गराए ।

फोहोरमैला व्यवस्थापनको समस्या काठमाडौंको मात्र नभएको भन्दै उनले भने, ‘यो समस्या काठमाडौंको मात्र होइन् । सबै सहरमा छ । यसलाई व्यवस्थापन गर्न कसरी सकिन्छ । त्यसका लागि अन्य देशमा के गरिरहेका छन् । त्यसलाई पनि अध्ययन गर्नुहोला ।’ 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार