वैशाख २३, काठमाडौँ | सत्ता गठबन्धनले शुक्रवार काठमाडौंको रत्नपार्कमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैको छोरी र कसैको श्रीमती भनेर महिला उम्मेदवारलाई अपमान गरिएको गुनासो गरेका छन् । महिलाविरोधी प्रवृत्तिलाई परास्त गर्नुपर्ने उनले बताए ।
अध्यक्ष प्रचण्डले काठमाडौं र चितवनमा महिला उम्मेदवारको पक्षमा भोट माग्दा खुशी लागेको बताएका हुन् ।
‘कसैलाई छोरी र श्रीमतीको रुपमा प्रचार गरेर महिलालाई अपमानित गरेका छन्, म त्यो प्रवृत्तिलाई विरोध गर्न चाहन्छु । जहाँजहाँ महिला कार्यकारी भूमिकामा रहेका छन्, त्यहाँ राम्रो काम भइरहेको छ,’ प्रचण्डले भने, ‘हामी पुरुषले धेरै राज गर्यौँ, एकपटक महिलालाई कार्यकारी भूमिका दिएर हेरौँ ।’