१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्थानीय निर्वाचनका लागि लमजुङमा तीन हजार बढी जनशक्ति परिचालन गरिने

२३ बैशाख २०७९, शुक्रबार १२:४४

वैशाख २३, लमजुङ | लमजुङमा स्थानीय तह निर्वाचनका लागि तीन हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको छ । निर्वाचन कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरी ३ हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको हो । 

८ सय ९५ कर्मचारी र दुई हजार ४ सय ७२ सुरक्षाकर्मी गरी ३ हजार ३ सय ६७ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य तीन जना कर्मचारी र तीन जना स्वयंसेवक परिचालन हुने निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् ।

यस्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी दुई हजार बढी सुरक्षाकर्मीहरू परिचालन हुनेछन् । थप सुरक्षाकर्मीहरू समेत तयारी अवस्थामा राखिने र आवश्यक पर्ने ठाउँमा तत्काल परिचालन गरिने योजना सहित सुरक्षा योजना तयार पारिएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । 

निर्वाचन सुरक्षा कार्य योजना बनाएर निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पुरा गरेर सुरक्षाकर्मीहरू परिचालन गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि लमजुङमा मतदाता संख्याको आधारमा एक सय २३ मतदानस्थलमा एक सय ८२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । 

लमजुङमा मतदाताको सङ्ख्या एक लाख ३१ हजार ४ सय ९४ रहेको छ । जिल्लामा यसअघि १ लाख २२ हजार ८ सय ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार