१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अध्यक्ष भएँ भने गाडीको सुविधा लिन्न : कालाखेती

२३ बैशाख २०७९, शुक्रबार १२:५६

वैशाख २३, हेटौंडा | मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका रञ्जन कालाखेतीले निर्वाचित भए गाडीको सुविधा नलिने घोषणा गरेका छन् ।

शुक्रबार मनहरीमा पत्रकारहरूसँगको भेटघाटका क्रममा उनले मनहरीकै दुर्गम क्षेत्रका सर्वसाधारण एम्बुलेन्सको अभावमा अकालमा ज्यान गुमाउन बाध्य रहेको भन्दै उनले अध्यक्षमा निर्वाचित भए गाडीको सुविधा नलिने घोषणा गरेका हुन् । 

‘राजनीति जनताको सेवाको लागि गर्नुपर्छ भन्ने मेरो बुझाई हो । म आफ्नै गाडी चढ्दै आएको छु । गाडीको सुविधा विपन्न पालिकाबासीको उपचारमा खर्च गर्ने मेरो योजना हो’, उनले भने, ‘पालिकालाई विवादरहित तवरले सञ्चालन गर्नेछु । जनतासँग गरेका वाचाहरू पूरा गर्नेछु । मनहरी गाउँपालिकावासीको साझा अध्यक्षको रूपमा काम गर्नेछु ।’

एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिको व्यवहारले दिक्क भएका कार्यकर्ता गठबन्धनलाई भोट हाल्न तयार रहेको उल्लेख गर्दै उनले गठबन्धनका उपाध्यक्षसहित धेरै वडा जित्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार