२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट

२०७९, २९ बैशाख बिहीबार ०१:२४

 वैशाख २९, खोटाङ | खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको  छ । मौन अवधिमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले माओवादी केन्द्रका कार्यकर्ता पदम राईलाई कुटपिट गरेकाे दाबी गरिएको छ ।

पदम बुधबार हलेसीबजारबाट घर गैरीगुठ जानेक्रममा बाटोमा कुटिएका हुन् । ७ जनाको समुहले ‘कता हिँडेको, कहाँ हिँडेको, आफ्नो टोलमा जा’ भन्दै कुटपिट गरेको पदमले बताए । उनलाई हलेसीस्थित एक क्लिनिकमा सामान्य उपचारपछि जिल्ला अस्पताल लगिएको छ । ‘हलेसीबाट घर जानेक्रममा एउटा घरमा बिसाइरहेका थियौं । कहाँ हिँडेको, के गर्न हिँडेको, आफ्नो गाउँ जा भन्दै कुटपिट गर्‍यो,’ पदमले भने, ‘दिपक राईले हात हालेपछि केदार लगायत सात जनाको समुहले कुटपिट गर्‍यो । भागेर ज्यान बचाएँ ।’  

मौन अवधिमा भोट माग्दै गरेको भेटिएपछि पदममाथि हातपात भएको जानकारी आएको कांग्रेस जिल्ला उपसभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले पनि भोट मागेकै विषयमा सामान्य झगडा भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा