१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतपेटिका साटिने सम्भावना छैन : मुख्य निर्वाचन अधिकृत श्रेष्ठ

२९ बैशाख २०७९, बिहीबार १०:४८

वैशाख २९, हेटौंडा | मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतपेटिका साटिन्छ भन्ने भ्रममा नरहन आग्रह गरेका छन् । धेरैमा मतपेटिका साटिन सक्ने भन्ने एक किसिमको भ्रम रहे पनि त्यस्ताे नहुने उनले बताए । 

यसअघिका केही निर्वाचनमा सुरक्षा सामग्री कम्जाेर भएका कारण मान्छेहरूले कमै विश्वास गर्ने गरेकाे हुनसक्ने उनकाे अनुमान छ । तर, यस पटककाे मतपेटिका निकै सुरक्षित रहेकाे उनकाे दाबी छ ।

‘अहिले अन्तराष्ट्रिय मापदण्डका प्रविधियुक्त सामान प्रयोग गरेका छौँ,’ उनले भने, ‘जस्तै मतपेटिकामा एउटा ‘सेक्युरिटी शिल’ छ । त्यसलाई एकचोटी खोलेपछि पुनः प्रयोग गर्न सकिँदैन । त्यस्तै एउटा कोड नम्बर पनि हुन्छ, त्यो कोड नम्बर एउटा शिलदेखि अर्काे शिलसँग जोडिँदैन । मतदान गर्ने बेलादेखि मत गन्ने बेलासम्म ती नम्बरहरू मिल्छन् भने शंका गर्नु पर्दैन । बाकस साट्ने सम्भावना छैन ।’ श्रेष्ठले मकवानपुरमा आचारसंहिता उल्लंघनका घटना धेरै नभएको  पनि बताए । ‘हामीले निरन्तर राजनीतिक दल र उम्मेदवारहरूसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘आचारसंहिता पालना गर्ने कुरामा सबै जना सचेत हुनुहुन्छ । प्रतिबद्धता जनाउनु भएको छ ।’

असक्त, गर्भवती र साना शिशु भएका व्यक्तिलाई सवारीपास उपलब्ध गराएको श्रेष्ठको भनाइ छ । ‘अशक्त तथा अपांगता भएका व्यक्तिलाई लाइन बस्नु नपर्ने व्यवस्था गरेका छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार