२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतपेटिका साटिने सम्भावना छैन : मुख्य निर्वाचन अधिकृत श्रेष्ठ

२०७९, २९ बैशाख बिहीबार १०:४८

वैशाख २९, हेटौंडा | मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतपेटिका साटिन्छ भन्ने भ्रममा नरहन आग्रह गरेका छन् । धेरैमा मतपेटिका साटिन सक्ने भन्ने एक किसिमको भ्रम रहे पनि त्यस्ताे नहुने उनले बताए । 

यसअघिका केही निर्वाचनमा सुरक्षा सामग्री कम्जाेर भएका कारण मान्छेहरूले कमै विश्वास गर्ने गरेकाे हुनसक्ने उनकाे अनुमान छ । तर, यस पटककाे मतपेटिका निकै सुरक्षित रहेकाे उनकाे दाबी छ ।

‘अहिले अन्तराष्ट्रिय मापदण्डका प्रविधियुक्त सामान प्रयोग गरेका छौँ,’ उनले भने, ‘जस्तै मतपेटिकामा एउटा ‘सेक्युरिटी शिल’ छ । त्यसलाई एकचोटी खोलेपछि पुनः प्रयोग गर्न सकिँदैन । त्यस्तै एउटा कोड नम्बर पनि हुन्छ, त्यो कोड नम्बर एउटा शिलदेखि अर्काे शिलसँग जोडिँदैन । मतदान गर्ने बेलादेखि मत गन्ने बेलासम्म ती नम्बरहरू मिल्छन् भने शंका गर्नु पर्दैन । बाकस साट्ने सम्भावना छैन ।’ श्रेष्ठले मकवानपुरमा आचारसंहिता उल्लंघनका घटना धेरै नभएको  पनि बताए । ‘हामीले निरन्तर राजनीतिक दल र उम्मेदवारहरूसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘आचारसंहिता पालना गर्ने कुरामा सबै जना सचेत हुनुहुन्छ । प्रतिबद्धता जनाउनु भएको छ ।’

असक्त, गर्भवती र साना शिशु भएका व्यक्तिलाई सवारीपास उपलब्ध गराएको श्रेष्ठको भनाइ छ । ‘अशक्त तथा अपांगता भएका व्यक्तिलाई लाइन बस्नु नपर्ने व्यवस्था गरेका छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ