१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

महिलाले कमाण्ड गरिरहेको मतदान केन्द्र

२९ बैशाख २०७९, बिहीबार १२:००

वैशाख २९, गोरखा | शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा गोरखाको एक मतदान केन्द्र महिला कर्मचारीहरूबाट मात्रै सञ्चालन हुँदैछ । 

गोरखा नगरपालिका-६  स्थित बालमन्दिर मावि छहरेको मतदान केन्द्र नमुनाको रूपमा महिला कर्मचारीबाट मात्रै सञ्चालन गरिने निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रबीलाल सुवेदीले जानकारी दिए ।

उक्त मतदान केन्द्रमा ९ सय ८० जना मतदाता रहेका छन् ।  त्यहाँ मतदान अधिकृतदेखि सुरक्षाकर्मी सबै कर्मचारी महिला मात्रै रहनेछन् ।                       

उक्त मतदान केन्द्रमा ५ जना महिला कर्मचारी खटाइएको छ । जसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुंगाना मतदान अधिकृत र गोरखा नगरपालिकाकी अधिकृत जनुका कुँवर सहायक मतदान अधिकृतको रूपमा छन् । 

यस्तै, जिल्ला अदालतकी नायब सुब्बा सुष्मा अधिकारी, जिल्ल प्रशासन कार्यालयकी नायब सुब्बा सिर्जना श्रेष्ठ र जिल्ला अदालतकी कालिका वली पनि सोही मतदान केन्द्रमा खटिने भएका छन् । 

सुरक्षाकर्मीका लागि उक्त मतदान केन्द्रमा प्रहरी सहायक निरीक्षक सिर्जनाकुमारी सेनको नेतृत्वमा आठ जना महिला प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जसमा तीन जना नेपाल प्रहरी र पाँच जना म्यादी प्रहरी रहेका छन् । 

महिलाले मात्रै सञ्चालन गरेको नमुना मतदान केन्द्रको यो अभ्यासले समाजमा सकारात्मक सन्देश प्रवाह हुने मतदान अधिकृत ढुंगानाको तर्क छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार