२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

महिलाले कमाण्ड गरिरहेको मतदान केन्द्र

२०७९, २९ बैशाख बिहीबार १२:००

वैशाख २९, गोरखा | शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा गोरखाको एक मतदान केन्द्र महिला कर्मचारीहरूबाट मात्रै सञ्चालन हुँदैछ । 

गोरखा नगरपालिका-६  स्थित बालमन्दिर मावि छहरेको मतदान केन्द्र नमुनाको रूपमा महिला कर्मचारीबाट मात्रै सञ्चालन गरिने निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रबीलाल सुवेदीले जानकारी दिए ।

उक्त मतदान केन्द्रमा ९ सय ८० जना मतदाता रहेका छन् ।  त्यहाँ मतदान अधिकृतदेखि सुरक्षाकर्मी सबै कर्मचारी महिला मात्रै रहनेछन् ।                       

उक्त मतदान केन्द्रमा ५ जना महिला कर्मचारी खटाइएको छ । जसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुंगाना मतदान अधिकृत र गोरखा नगरपालिकाकी अधिकृत जनुका कुँवर सहायक मतदान अधिकृतको रूपमा छन् । 

यस्तै, जिल्ला अदालतकी नायब सुब्बा सुष्मा अधिकारी, जिल्ल प्रशासन कार्यालयकी नायब सुब्बा सिर्जना श्रेष्ठ र जिल्ला अदालतकी कालिका वली पनि सोही मतदान केन्द्रमा खटिने भएका छन् । 

सुरक्षाकर्मीका लागि उक्त मतदान केन्द्रमा प्रहरी सहायक निरीक्षक सिर्जनाकुमारी सेनको नेतृत्वमा आठ जना महिला प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जसमा तीन जना नेपाल प्रहरी र पाँच जना म्यादी प्रहरी रहेका छन् । 

महिलाले मात्रै सञ्चालन गरेको नमुना मतदान केन्द्रको यो अभ्यासले समाजमा सकारात्मक सन्देश प्रवाह हुने मतदान अधिकृत ढुंगानाको तर्क छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ