१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा मतदान सुरु

३० बैशाख २०७९, शुक्रबार ०२:०८

वैशाख ३०, पाेखरा | स्थानीय तह अन्तर्गतको मतदान कास्कीमा सुरु भएको छ । केहीबेरअघिबाट मतदान सुरु भएको हो ।

पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । यहाँ ९८ मतदान स्थल र २ सय ४२ मतदान केन्द्र छन् ।

सबैभन्दा बढी १६ नम्बर वडामा ११ हजार १ सय ५० मतदाता छन् भने सबैभन्दा कम वडा नम्बर ४ मा २ हजार ३ सय ४४ छन् । वडा नम्बर ९ मा १ जना तेश्रो लिंगी मतदाताले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाभरी २ लाख ८१ हजार ८ सय ३३ मतदाता रहेका छन् । कास्कीमा महानगरसहित ५ पालिकाको निर्वाचन भइरहेकाे हाे ।

१ सय ५० मतदान स्थल र ३ सय ३६ मतदान केन्द्रबाट साँझ ५ बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदानका लागि जिल्लाभर कर्मचारी र स्वयंसेवक गरी २ हजार ६ सय ९५ जना खटाइएको छ । ३९ जना महिला मतदान अधिकृत छन् । एउटा मतदान केन्द्र (अन्नपूर्ण आधारभुत स्कुल) महिलाले मात्रै चलाएका निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार