वैशाख ३०, सप्तरी | सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक मतदानस्थलमा तोडफोड भएको छ । शुक्रबार जारी मतदानमा झडप हुँदा मतदानस्थलमा तोडफोड गर्नुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको हो ।
डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदानस्थलमा मतपेटिका तोडफोड गरेका छन् । उनीहरुले मतदानमा खटिएका मतदान अधिकृत विपिन यादवलाई कुटपिट पनि गरेका छन् ।
कुटपिटबाट मतदान अधिकृत यादव घाइते भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले बताए । यादवलाई उपचारको लागि राजविराजतर्फ पठाइएको छ भने घटनापछि मतदान कार्य स्थगित भएको जनाएको छ ।