४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिन्धुपाल्चोकमा एक स्थानमा मतदान रोकियो, दुई स्थानमा झडप

३० बैशाख २०७९, शुक्रबार ०८:०८

वैशाख ३०, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१ को भुवनेश्वरी आधारभूत विद्यालयमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको छ ।

बाह्रबिसे नगरपालिका-१ घोर्थली गाउँकाे मतदान केन्द्रमा १२ः३० बाट मतदान रोकिएको हो । दुई दलका कार्यकर्ताबीच हात हालाहाल हुन थालेपछि मतदान अधिकृतले स्थगित भएको सूचना जारी गरेका हुन् । मतदान केन्द्रमा एउटै मान्छेले दुईपटक मतदान गरेको भन्दै स्थानीय कार्यकर्ताबीच सुरु भएको भगडा झडपमा परिणत भएको हो ।

घटना भएलगत्तै सेनाको टिम पुग्ने क्रममा रहेको र आवश्यक सुरक्षा, अनुसन्धान कार्यमा खटिएको निर्वाचन अधिकृत राजेन्द्रप्रसाद वाग्लेले बताए । मतपेटिका तोडफोड गर्नुका साथै मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन् ।

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिका-२ यांग्री मतदान केन्द्रमा मतपत्रको विवाद कारण रोकिएको मतदान पुनः सुरु गरिएको छ । पाँचपोखरी थाङपालको यांग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि माहोल तनावग्रस्त बनाएको थियो ।

सो मतदान केन्द्रमा तत्काल सुरक्षाकर्मीले चर्को झडप हुन रोकेपछि त्यहाँ अवस्था सामान्य बनेको छ ।

यस्तै मेलम्ची नगरको ज्यामिरेमा स्वास्थ्यचौकीको बुथमा स्थान साँघुरो हुँदा मतदाताबीच धकेलाधकेल भएको थियो । ज्यामिरेमा झडपको अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेनाले हतियार तेर्स्याएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । तर अवस्था सामान्य बनाउ मात्र हतियार तेर्साएको सुरक्षा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ