२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा शान्तिपूर्ण मतदान, ६५ प्रतिशत मत खस्यो

२०७९, ३० बैशाख शुक्रबार १३:५२

वैशाख ३०, हेटौंडा | मकवानपुर जिल्लामा मतदान सकिएको छ । जिल्लामा रहेको १० वटै स्थानीय तहमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । बिहान सात बजे शुरु भएको १० वटै पालिकाको मतदान सकिएको र मतपेटीका संकलन कार्य शुरु भएको मकवानपुरका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।

जिल्लामा दुई लाख ९४ हजार ९१९ मतदाता रहेका थिए । त्यसमध्ये प्रारम्भिक अनुमान अनुसार करिब ६५ प्रतिशत मतदान भएको उनले बताए । यद्यपी यकिन तथ्याङ्क भने आउन बाँकी नै रहेको शर्माले बताए । हेटौंडा उपमहानगरपालिकाको मतपेटिका संकलन भइरहेको र पानी परेका कारण केही ढिलाई भएकाले सर्वदलीय बैठकमा सहमति जुटेमा मत गणना भोलीबाट मात्रै हुने शर्माले बताए । यद्यपी सर्वदलीय बैठकको निर्णय अनुसार आज नै मतगणना शुरु हुन पनि सक्ने उनले बताए ।

स्थानीय तह निर्वाचनको लागि मकवानपुरमा ३ हजार २ सय जना सुरक्षाकर्मी परिचालन भएको थियो । १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, ५ सय जना नेपाली सेना, ४ सय सशस्त्र प्रहरी र ९ सय जना नेपाल प्रहरी खटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा