२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सप्तरीको पिपरा मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ७ जना घाइते

२०७९, ३० बैशाख शुक्रबार १४:११

वैशाख ३०, सप्तरी | सप्तरीकाे राजगढ गाउँपालिका वडा न ४ पिपरा अधारभुत विद्यालय मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा दुबै समूहका ७ जना घाइते भएका छन् ।  

शान्तिपूर्ण तरिकाले मतदान भईरहेको बेला १०/१५  जना माेटरसाईकलमा लाठी लिएर आएका एमालेका कार्यकर्ताले बुथ बाहिर बसिरहेका कांग्रेस कार्यकर्तालाई  कुटपिट गरेको काँग्रेस वडा नं ४ का  उमेदवार हेमनरायण साहको आरोप छ ।

एमाले कार्यकर्ताकाे कुटाइबाट कांग्रेसका ५ जना कार्यकर्ता गम्भीर घाइते भएका छन्। कुटपिटबाट टेक नरायण भन्ने चन्द्रनरायण साह,गणेशी साह,प्रशुराम साह,संजय साह,सुरुज नरायण साह घाइते भएका हुन्। घाइतेमध्ये अधिकांशकाे टाउकाे फुटेको छ । 

कुटपिटमा एमालेका दुई कार्यकर्ता पनि घाइते भएका छन् । घाइते हुनेहरूमा  जयप्रकाश मण्डल र इन्द्रजित मण्डल रहेका छन् । घाइते सबैको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने