२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी-५ मा राजनैतिक दलको निरिहता: मतदातालाई दिनभर सास्ती, ७२ प्रतिशत मत खस्यो

३० बैशाख २०७९, शुक्रबार १५:४४

अनिल अधिकारी । वैशाख ३०, काठमाडौँ । स्थानिय तह निर्वाचनको दिन आज धादिङको ज्वालामुखी ५ स्थित एक मात्र मतदान केन्द्रमा मतदाताहरुलाई मतदान गर्न निकै असहज देखियो । दिनभर चर्को घाममा ठूलो भीड र लामो लाइनमा बसेर मतदान गर्ने क्रममा मतदाताहरुले अनावश्यक दु:ख पाएको गुनाशो गरेका छन् । 


मतदाताहरुले घन्टौं लाइनमा बसेर मतदान गर्न पर्नुमा स्थानीय राजनीतिक दलहरुको निरिहता भएको भन्दै आलोचना गरेका छन् । ज्वालामुखी गाउँपालिकाका बिभिन्न मतदान केन्द्र भन्दा सबैभन्दा बढी मतदाता भएको तथा भौगोलिक हिसावले समेत मतदान केन्द्रसम्म आईपुग्न २ घण्टासम्म हिड्नुपर्ने स्थानमा मतदान केन्द्र हुँदा दुई स्थानमा मतदान केन्द्र राख्न राजनैतिक दलको पहलकदमी नभएको बताइएको छ । यस सम्बन्धमा ज्वालामुखी ५ स्थित सुनछायाँ आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन अधिकृतको रुपमा खटिएका बद्रीनाथ लम्सालले ज्वालामुखी ५ मा दुई स्थानमा मतदान केन्द्र नहुँदा शुक्रबार सम्पन्न मतदानमा मतदाताले अनावश्यक सास्ती झेल्नुपरेको स्वीकार गरे । उनले झन्डै ४ हजार मतदाता भएको वडामा एक मात्र मतदान केन्द्र हुनुले लाइन तथा भीड व्यवस्थापनमा समेत असहज भएको बताए ।


लम्सालले राजनैतिक दलहरुले निर्वाचन हुनु तीन महिना अगावै जिल्ला निर्वाचन कार्यालयमा मतदान केन्द्र थप्नुपर्नेबारे पहलकदमी नहुँदा यस्तो समस्या आएको बताए । उनले एकै स्थानिय तहमा कुनै ठाउँमा १ हजार १ सय मतदाताको लागि छुट्टै मतदान  स्थल तोक्दा त्यसको झन्डै ४ गुणा बढी मतदाता भएको ज्वालामुखी ५ मा एक मात्र मतदान केन्द्र भएको कारण निर्वाचन समयमै सम्पन्न गर्न तथा ढिला गर्दा हुनसक्ने सुरक्षा चुनौती समेतको जोखिम बढेको बताए । उनले भने 'ज्वालामुखी ५ मा छुट्टै मतदान केन्द्र आवश्यक थियो तर भएन । जनतालाई मतदान गर्न सहज वातावारण प्रदान नगर्दा त्यसले राजनैतिक दल तथा व्यवस्थाप्रति बितृष्णा सृजना हुन्छ । यस सम्बन्धमा स्थानिय राजनैतिक दलहरुले पहलकदमी लिनुपर्छ ।' 


यसैबिच ज्वालामुखी ५ मा कुल कुल मतदाता मध्य ७२ प्रतिशतले प्रतिशतले मतदान गरेका छन् । ३९८४ मतदाता रहेका यहाँ २८५८ जनाले मतदान गरेका छन् । तीन हजार भन्दा बढी मत खस्ने अनुमान गरिएको यहाँ बेलुका साढे ७ बजे मात्र मतदान सकिएको हो । मतदाता धेरै हुँदा मतदान गर्न ढिलाईको कारण राति ९ बज्दा समेत मतपेटिकाहरु पठाइएको छैन । केहिबेरमा मतपेटिका लैजाने तयारी रहेको बताउँदै मतदान केन्द्र अधिकृत लम्सालले ज्वालामुखी ५ को मतदान ढिला गरि सम्पन्न भएपनि सौहाद्रपूर्ण ढंगले सम्पन्न भएको जानकारी दिए । उनको अनुसार ज्वालामुखी गाउँपालिकाका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भई सकेपछि सबै दलको सहमतिमा मतगणना कार्य सुरु हुने भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला कोशी पर्यटन वर्षको उद्घाटन गर्न गएनन् प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक पक्राउ साउनदेखि फागुन सम्ममा साढे १० खर्ब रेमिट्यान्स मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याए झापामा चट्याङ लागेर एकजनाको मृत्यु अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने