२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी-५ मा राजनैतिक दलको निरिहता: मतदातालाई दिनभर सास्ती, ७२ प्रतिशत मत खस्यो

२०७९, ३० बैशाख शुक्रबार १५:४४

अनिल अधिकारी । वैशाख ३०, काठमाडौँ । स्थानिय तह निर्वाचनको दिन आज धादिङको ज्वालामुखी ५ स्थित एक मात्र मतदान केन्द्रमा मतदाताहरुलाई मतदान गर्न निकै असहज देखियो । दिनभर चर्को घाममा ठूलो भीड र लामो लाइनमा बसेर मतदान गर्ने क्रममा मतदाताहरुले अनावश्यक दु:ख पाएको गुनाशो गरेका छन् । 


मतदाताहरुले घन्टौं लाइनमा बसेर मतदान गर्न पर्नुमा स्थानीय राजनीतिक दलहरुको निरिहता भएको भन्दै आलोचना गरेका छन् । ज्वालामुखी गाउँपालिकाका बिभिन्न मतदान केन्द्र भन्दा सबैभन्दा बढी मतदाता भएको तथा भौगोलिक हिसावले समेत मतदान केन्द्रसम्म आईपुग्न २ घण्टासम्म हिड्नुपर्ने स्थानमा मतदान केन्द्र हुँदा दुई स्थानमा मतदान केन्द्र राख्न राजनैतिक दलको पहलकदमी नभएको बताइएको छ । यस सम्बन्धमा ज्वालामुखी ५ स्थित सुनछायाँ आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन अधिकृतको रुपमा खटिएका बद्रीनाथ लम्सालले ज्वालामुखी ५ मा दुई स्थानमा मतदान केन्द्र नहुँदा शुक्रबार सम्पन्न मतदानमा मतदाताले अनावश्यक सास्ती झेल्नुपरेको स्वीकार गरे । उनले झन्डै ४ हजार मतदाता भएको वडामा एक मात्र मतदान केन्द्र हुनुले लाइन तथा भीड व्यवस्थापनमा समेत असहज भएको बताए ।


लम्सालले राजनैतिक दलहरुले निर्वाचन हुनु तीन महिना अगावै जिल्ला निर्वाचन कार्यालयमा मतदान केन्द्र थप्नुपर्नेबारे पहलकदमी नहुँदा यस्तो समस्या आएको बताए । उनले एकै स्थानिय तहमा कुनै ठाउँमा १ हजार १ सय मतदाताको लागि छुट्टै मतदान  स्थल तोक्दा त्यसको झन्डै ४ गुणा बढी मतदाता भएको ज्वालामुखी ५ मा एक मात्र मतदान केन्द्र भएको कारण निर्वाचन समयमै सम्पन्न गर्न तथा ढिला गर्दा हुनसक्ने सुरक्षा चुनौती समेतको जोखिम बढेको बताए । उनले भने 'ज्वालामुखी ५ मा छुट्टै मतदान केन्द्र आवश्यक थियो तर भएन । जनतालाई मतदान गर्न सहज वातावारण प्रदान नगर्दा त्यसले राजनैतिक दल तथा व्यवस्थाप्रति बितृष्णा सृजना हुन्छ । यस सम्बन्धमा स्थानिय राजनैतिक दलहरुले पहलकदमी लिनुपर्छ ।' 


यसैबिच ज्वालामुखी ५ मा कुल कुल मतदाता मध्य ७२ प्रतिशतले प्रतिशतले मतदान गरेका छन् । ३९८४ मतदाता रहेका यहाँ २८५८ जनाले मतदान गरेका छन् । तीन हजार भन्दा बढी मत खस्ने अनुमान गरिएको यहाँ बेलुका साढे ७ बजे मात्र मतदान सकिएको हो । मतदाता धेरै हुँदा मतदान गर्न ढिलाईको कारण राति ९ बज्दा समेत मतपेटिकाहरु पठाइएको छैन । केहिबेरमा मतपेटिका लैजाने तयारी रहेको बताउँदै मतदान केन्द्र अधिकृत लम्सालले ज्वालामुखी ५ को मतदान ढिला गरि सम्पन्न भएपनि सौहाद्रपूर्ण ढंगले सम्पन्न भएको जानकारी दिए । उनको अनुसार ज्वालामुखी गाउँपालिकाका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भई सकेपछि सबै दलको सहमतिमा मतगणना कार्य सुरु हुने भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने