काठमाडौंमा बालेन्द्रको अग्रता, सिर्जना सिंह पछ्याउँदै

Posted on: 14 May, 2022

वैशाख ३१, काठमाडौँ | काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरका उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् ।

काठमाडौैंको वडा नम्बर–१ र ३२ को मतगणना गर्दा बालेन्द्रले २२ मत पाएका छन् । 

उनलाई कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन् । सिर्जनाले १८ मत पाएकी छन् । एमालेका उम्मेदवार केशव स्थापितले भने १३ मत पाएका छन् । 

राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् । बालेन्द्रलाई वडा नम्बर १ र ३२ मा बराबरी ११ मत प्राप्त भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!