१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुरको महांकाल गाउँपालिकामा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद, एमाले कार्यकर्ताले गरे ढुंगामु

३१ बैशाख २०७९, शनिबार ०७:२८

वैशाख ३१, काठमाडौँ | ललितपुरको माहाँकाल गाँउपालिकामा मतदान अधिकृतको हस्ताक्षर नभएको १५ वटा मतपत्र भेटिएपछि विवाद भएको छ । नेकपा एमालेकी पालिका अध्यक्ष उम्मेदवार कमला तामाङका अनुसार हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको, तर आफूलाई मतगणना स्थलमा प्रवेश गर्न रोकेको बताइन् ।

उनले भनिन्, ‘मलाई विवाद भएपछि मतगणना स्थालमा प्रवेश गर्न दिइएन । गठबन्धनका उम्मेदवार गणेश केसीलाई मतगणना स्थलमा प्रवेश गर्न दिइएको छ । यसमो मेरो आपत्ति छ ।’

एमाले उम्मेदवारलाई २ घण्टासम्म बाहिर राखेर गठबन्धनका उम्मेदवारहरूमात्रै भित्र बसेपछि एमाले समर्थकले ढोकामा ढुंगामुढा गरेका छन् । एमालेकी उम्मेदवार तामाङले भनिन्, 'गठबन्धनका उम्मेदवारलाई भित्र राखेर हामीलाई बाहिर पठाउदा शंका भयो । हाम्रा कार्यकर्ताले यो सहन सक्दैनन्

।'

स्वतन्त्र उम्मेदवारी दिएका भभिरथ तिमल्सिनाले जसरी पनि जित्न गठबन्धनले षड्यन्त्र गरेको आरोप लगाए । उनले भने,‘हस्ताक्षर नभएको मतपत्र भेटिएको अवस्थामा त्यो मतपत्र रद्द गरेर मतगणना हुनु पर्छ ।’

करिव ४०० मतगणना हुँदा १०० मत रहेको बण्डलमा ११ वटा हस्ताक्षर नभएको मतपत्र भेटिएको थियो । हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतगणना स्थलमा फेरि मतदान गर्नुपर्ने माग उठेको छ । ४०० मत गणना हुँदा विवाद भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार