२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुरको महांकाल गाउँपालिकामा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद, एमाले कार्यकर्ताले गरे ढुंगामु

३१ बैशाख २०७९, शनिबार ०७:२८

वैशाख ३१, काठमाडौँ | ललितपुरको माहाँकाल गाँउपालिकामा मतदान अधिकृतको हस्ताक्षर नभएको १५ वटा मतपत्र भेटिएपछि विवाद भएको छ । नेकपा एमालेकी पालिका अध्यक्ष उम्मेदवार कमला तामाङका अनुसार हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको, तर आफूलाई मतगणना स्थलमा प्रवेश गर्न रोकेको बताइन् ।

उनले भनिन्, ‘मलाई विवाद भएपछि मतगणना स्थालमा प्रवेश गर्न दिइएन । गठबन्धनका उम्मेदवार गणेश केसीलाई मतगणना स्थलमा प्रवेश गर्न दिइएको छ । यसमो मेरो आपत्ति छ ।’

एमाले उम्मेदवारलाई २ घण्टासम्म बाहिर राखेर गठबन्धनका उम्मेदवारहरूमात्रै भित्र बसेपछि एमाले समर्थकले ढोकामा ढुंगामुढा गरेका छन् । एमालेकी उम्मेदवार तामाङले भनिन्, 'गठबन्धनका उम्मेदवारलाई भित्र राखेर हामीलाई बाहिर पठाउदा शंका भयो । हाम्रा कार्यकर्ताले यो सहन सक्दैनन्

।'

स्वतन्त्र उम्मेदवारी दिएका भभिरथ तिमल्सिनाले जसरी पनि जित्न गठबन्धनले षड्यन्त्र गरेको आरोप लगाए । उनले भने,‘हस्ताक्षर नभएको मतपत्र भेटिएको अवस्थामा त्यो मतपत्र रद्द गरेर मतगणना हुनु पर्छ ।’

करिव ४०० मतगणना हुँदा १०० मत रहेको बण्डलमा ११ वटा हस्ताक्षर नभएको मतपत्र भेटिएको थियो । हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतगणना स्थलमा फेरि मतदान गर्नुपर्ने माग उठेको छ । ४०० मत गणना हुँदा विवाद भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट