मुस्ताङको लोमान्थाङमा पहिलो पटक एमाले विजयी

Posted on: 14 May, 2022

वैशाख ३१, पोखरा | मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पहिलो पटक नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका टसी गुरुङले कांग्रेस उम्मेद्वार टसी नुर्वु गुरुङलाई १५४ मतान्तरले पराजीत गरेका हुन् । टसीले ६ सय ६८ मत पाउँदा टसीनुर्बुले ५ सय १४ मत मात्रै ल्याए ।  

उपाध्यक्षमा छिमी विष्टले कांग्रेसकी छिरिङ ढोका गुरुङलाई ९४ मतान्तरले हराइन् । छिमिले ६३२ मत पाउँदा छिरिङले ५३८ मत मात्रै पाएकी छिन् । वडातर्फ ३ वटामा एमाले र २ वटामा कांग्रेस विजयी भएको छ । यो कांग्रेसको गढ मानिने पालिका हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!