२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर महानगरको मतपरिणाम: १५० मत गन्दा रेणु दाहाललाई कति मत ?

२०७९, ३१ बैशाख शनिबार १०:१९

वैशाख ३१, काठमाडौँ । शुक्रबार सम्पन्न स्थानिय निकायको निर्वाचन अन्तर्गत सबैभन्दा बढी चासोको साथ हेरिएको भरतपुर महानगरपालिकाको मतपरिणाम अन्तर्गत १५० मत गनेपछिको मत परिणाम प्राप्त भएको छ ।

प्राप्त मत परिणाम अनुसार एमाले सबैभन्दा माथि छ भने दोश्रोमा माओवादी केन्द्र र तेश्रो स्थानमा स्वतन्त्र रहेका छन् 

भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेणु दाहाल १५ मतले पछि परेकी छिन् । उनीभन्दा अगाडि एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी रहेका छन् । सुवेदीले ६६ मत प्राप्त गर्दा रेनुले ५१ मतमात्र प्राप्त गरेकी छन् । 

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले १३ मत पाएका छन् । मतगणना भरतपुरमा कडा सुरक्षाका बीच जारी रहेको छ । 

उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५७ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ४५ मत पाएकी छन् ।

भरतपुरमा राप्रपा र एमालेको गठबन्धन रहेको छ भने अर्कोतिर सत्ता गठबन्धन रहेको छ।  

इच्छाकामना–१ मा माओवादीका राना विजयी

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना–१ को वडाध्यक्षमा गठबन्धनबाट उमेदवारी दिएका माओवादी केन्द्रका सन्तबहादुर राना विजयी भएका छन् ।

राना १० को मतान्तरले विजयी भएका हुन् । उनले ६३९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्दन्दी एमालेका नन्दुलाल गिरीले ६२९ मत ल्याएका छन् । 

एक हजार ३२६ मत गणना गर्दा गाउँपालिकाको अध्यक्षको उमेदवार एमालेका दानबहादुर गुरुङले ६२३ र कांग्रेसकी गिताकुमारी गुरुङले ५८३ मत ल्याएकी छन् । त्यस्तै उपाध्यक्षका उमेदवार एमालेकी माया सिलवालले ६३० र माओवादी केन्द्रका प्रताप गुरुङले ५९८ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने