२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्वालामुखी गाउँपालिका: २०० मत गन्दा कांग्रेसको १३ मतले एमालेलाई फाइदा

२०७९, ३१ बैशाख शनिबार १३:१०

अनिल अधिकारी । वैशाख ३१, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाको मतगणना आउने क्रम सुरु भएको छ । वडा नम्बर १ बाट गन्न सुरु गरिएको पहिलो २०० मत गणनाको नतिजा अनुसार गठबन्धनको उपाध्यक्ष पदका उम्मेदवार धर्म बहादुर अर्याललाई १३ मत घाटा लागेको छ । 

गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेस र एकीकृत समाजवादी मिलेर उम्मेदवारी दिएका थिए । जसमा धर्म बहादुर अर्यालको चुनाव चिन्ह कमललाई जानु पर्ने कांग्रेसको १३ मत रुखमै गएको छ । रुखमा गएको १३ मत कांग्रेसको छुट्टै उम्मेदवार नहुँदा त्यसै खेर जाने हुँदा त्यसको फाइदा एमालेबाट गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनेकी चन्द्र कुमारी अधिकारीलाई भएको छ ।

गठबन्धन दलहरुले मतदाता शिक्षालाई प्रभावकारी नबनाएको तथा मतदाता झुक्किने डरले सातै छाप एकैचिन्हमा हाल्न सुझाव दिएको कारण त्यसको प्रत्यक्ष फाइदा बिपक्षी उम्मेदवारलाई पुग्ने आंकलन गरिएको थियो । ज्वालामुखी गाउँपालिकामा पनि त्यस्तै भएको हो । मत हाल्ने क्रममा गठबन्धन पार्टीको मतहरु उम्मेदवारनै नभएको चिन्हमा जानुले गठबन्धन दललाईनै क्षति पुग्ने एकीकृत समाजवादीका नेता कृष्ण प्रसाद काप्रीको भनाई छ । काप्रीकै भनाईलाई आधार मान्ने हो भने गठबन्धन दल कांग्रेसको १३ मत उम्मेदवारनै नभएको रुख चिन्हमा जाँदा बिपक्षी पार्टी एमालेलाई अग्रता लिन सहज हुने र कांग्रेससँग तालमेल गरेको एकीकृत समाजवादीका उम्मेदवारले पाउनुपर्ने मत प्राप्त नगर्दा निर्वाचनमा समाजवादीका उम्मेदवारको हारसम्मको परिणाम आउन सक्ने विश्लेषण गर्न सकिन्छ । 

त्यसो त अन्य वडाहरुबाट समेत कांग्रेसबाट उपाध्यक्ष पदमा जानपर्ने मत यसैगरी खेर गएर कलम चिन्हमा नजाने हो भने २०० मा १३ मत खेर गएको हिसावले २००० मा १३० मत खेर जाने हुन्छ । तर चुनावी प्रतिष्पर्धामा कांग्रेस र एमालेको टक्कर रहेको यस पालिकामा कांग्रेसको सातै चिन्हमा मतजाँदा खेर जाने मतको परिपूर्ति समाजवादीले गर्दा पराजित नै हुनेसम्मको प्रक्षेपेण भने गरिहाल्न नमिल्ने बताइएको छ ।  

मतपरिणाम अपडेट

ढिला गरि मतगणना सुरु भएको ज्वालामुखी गाउँपालिकाको मतपरिणाम अनुसार पालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हरि राम लोहनीले ८१ मत पाएर अग्रता लिएका छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेदवार यामनाथ दनैले ७७ मत पाएर पछ्याईरहेका छन् । 

गाउँपालिका उपाध्यक्ष पदमा एमालेकि उम्मेदवार चन्द्र कुमारी अधिकारीले ६८ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवार धर्म बहादुर अर्यालले ५६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रकि उम्मेदवार लक्ष्मी थापा मगरले ३६ मत प्राप्त गरेकी छन् ।

ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ स्थित वडा अध्यक्ष पदमा एमालेका कृष्‍ण गिरीले ७१ मत पाउँदा कांग्रेसका उम्मेदवार ईश्‍वर आलेमगरले ६२ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका वडा अध्यक्ष उम्मेदवार राम प्रसाद सिलवालले ४३ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने