२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्वालामूखी गाउँपालिकाको मतगणना: सबै पदमा एमालेको अग्रता

२०७९, ३१ बैशाख शनिबार १४:४९

वैशाख ३१, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ को मतगणना जारी रहंदा पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष पदमा एमालेले अग्रता लिएको छ । 

प्राप्त मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हरि राम लोहनीले १२० मत पाएर अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार यामनाथ दनैले ११९ मत पाएर पछ्याईरहेका छन् । यो एक मतको मात्र अन्तर हो । 

त्यस्तै गाउँपालिका उपाध्यक्ष पदमा एमालेकि उम्मेदवार चन्द्र कुमारी अधिकारीले १०० मत प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवार धर्म बहादुर अर्यालले २० मत कम अर्थात ८० मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रकि उम्मेदवार लक्ष्मी थापा मगरले ५१ मत प्राप्त गरेकी छन् ।

ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ स्थित वडा अध्यक्ष पदमा एमालेका कृष्‍ण गिरीले १०८ मत पाउँदा कांग्रेसका उम्मेदवार ईश्‍वर आलेमगरले ९४ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका वडा अध्यक्ष उम्मेदवार राम प्रसाद सिलवालले ६२ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने