२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङ ज्वालामुखी मतगणना: वडाहरुमा एमाले र माओवादीको अग्रता (परिणाम सहित)

२०७९, ३१ बैशाख शनिबार १६:४०

वैशाख ३१, काठमाडौँ । धादिङको ज्वालामुखी वडा नं १ र २ को मतगणना जारी छ । केहीबेर अघि प्राप्त मत परिणाम अनुसार गाउँपालिकाको अध्यक्षको पदका लागि कांग्रेसले अग्रता कायम गरेका छन् । 

यहाँ नेकपा एमालेका उम्मेदवार हरेराम लोहनीले ३०२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार यमनाथ दनैले एमाले भन्दा ८२ मत बढी पाएर ३८४ मत सहित अग्रता दिएका छन् । त्यस्तै राप्रपाका उम्मेदवार टंक बहादुर अधिकारीले ४ मत पाएका छन् । 

त्यस्तै उपाध्यक्ष पदमा एमालेकि उम्मेदवार चन्द्र कुमारी अधिकारीलाई पछि पार्दै एकीकृत समाजवादीका उम्मेदवार धर्म बहादुर अर्यालले २६६ मत पाएका छन् । यहाँ एमालेकि उम्मेदवार चन्द्र कुमारी अधिकारी तेश्रो स्थानमा छिन् । उनले १८९ मत ल्याउँदा माओवादी केन्द्रकि उपाध्यक्ष उम्मेदवार लक्ष्मी थापा मगरले समेत अग्रता दिएकी छन् । मगरले २१९ मत प्राप्त गरेकी छन्। 

त्यस्तै ज्वालामुखी १ मा वडा अध्यक्ष पदमा एमालेका कृष्ण गिरीले १७६ मत ल्याई अग्रता लिएका छन् । उनलाई कांग्रेसका उम्मेदवार इश्वर आलेमगर र एकीकृत समाजवादीका उम्मेदवारले क्रमश १६५ र १४९ मत सहित पछ्याईरहेका छन् । 

त्यस्तै ज्वालामुखी २ को मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार अर्जुन शाहिले १२१ मत पाएर अग्रता लिएका छन् । नेपाली कांग्रेसका राजु लोप्पाले ११४ मत प्राप्त गर्दा पुतली चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका रण बहादुर शाहिले ४५ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने