जेठ १, चितवन | भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्। विहान ३ बजेसम्म १९०० मत गणना हुँदा रेणुले ६८३ मत प्राप्त गरेकी छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ६१४ मत प्राप्त गरेका छन्। रेणु र विजयको अग्रता ६९ मतको रहेको छ। यसअघि ५० मतको अग्रता लिएकी रेणुले त्यसलाई बढाएर ६९ पुर्याएकी छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५० मत प्राप्त गरेका छन्।