२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा सकियो १७ वडाको गणना, एमाले अग्रस्थानमा

१ जेष्ठ २०७९, आईतवार ०५:१२

जेठ १, पोखरा | म्याग्दीका ६ पालिकाका १७ वडामा गणना सकिएको छ । यहाँ ४५ वटा वडा छन् । नतिजा आएका वडामध्ये १० वटामा एमालेले जितेको छ भने कांग्रेसले ५, माओवादीले २ वडा जितेको छ । धौलागिरि गाउँपालिका १ मा माओवादीका झकबहादुर छन्त्याल निर्विरोध भएका छन् ।

यस्तै, मालिका १ मा कांग्रेसका टंकप्रसाद पुन, २ मा एमालेका उदयकुमार बुढाथोकी, वडा नम्बर ३ मा माओवादीका मोतीप्रसाद बुढा, ४ मा कांग्रेसका भिजेन्द्रमान पुन र ५ मा कांग्रेसका मीम पुन निर्वाचित भए ।

अन्नपूर्ण गाउँपालिका १ को अध्यक्षमा एमालेका दिलीपकुमार गर्बुजा, वडा नम्बर २ मा पनि एमालेकै ओमप्रकाश फगामी र ३ एमालेका रमेश पुर्जा निर्वाचित भएका छन् । बेनी नगरपालिकाको वडा नम्बर १ मा एमालेका टेकबहादुर थापा, वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।

यस्तै, रघुगंगा गाउँपालिका १ को अध्यक्षमा कांग्रेसका बिलप्रसाद फगामी र २ मा एमालेका अमृत भण्डारी, वडानम्वर ३ एमालेका खिम शाही विजयी भएका छन् । मंगला गाउँपालिका १ मा एमालेका एकजित रोका र २ मा सोही पार्टीका धनबहादुर खाती क्षेत्री विजयी भएका छन् ।

धौलागिरि गाउँपालिका २ लुलाङको अध्यक्षमा एमालेका अकप्रसाद विक निर्वाचित भएका छन् । ६ वटै स्थानीय तहको मतगणना जारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान