१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवाको २७ मध्ये १४ वडाको मतगणना सकियो, कहाँ कसले जिते ?

१ जेष्ठ २०७९, आईतवार ०६:५८

जेठ १, रसुवा | स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । रसुवाको २७ वडामध्ये हालसम्म १४ वडाको मतगणना सम्पन्न भएको छ ।  जसमा एमालेले आठ, नेपाली कांग्रेसले पाँच र नेकपा मओवादी केन्द्रले एक वडामा जितेकाे छ । 

कालिका-१ मा माओवादीको प्यानल, कालिका–२ मा कांग्रेस प्यानल, नौकुण्ड–१ मा कांग्रेस प्यानल, नौकुण्ड–२ मा एमाले प्यानल, आमाछोदिङ्मो–१ मा एमाले प्यानल, आमाछोदिङ्मो–२ मा कांग्रेस प्यानल, आमाछोदिङ्मो–२ मा एमाले प्यानल विजयी भएको छ । 

यस्तै, गोसाइँकुण्ड–१ मा एमाले प्यानल, गोसाइँकुण्ड–२ मा कांग्रेस प्यानल, गोसाइँकुण्ड–३ मा एमाले प्यानल, गोसाइँकुण्ड–४ मा कांग्रेस प्यानलले जितेको छ । उत्तरगया–१ मा एमाले, उत्तरगया–२ मा एमाले र उत्तरगया–३ मा पनि एमाले वडाध्यक्ष पद जितेको छ ।

गोसाइँकुण्ड–१ मा नेकपा नेकपा एमालेका उर्केन छिरिङ तामाङले तीन सय ९५ मत ल्याएर विजयी भए ।  उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कर्मा तामाङले तीन सय ६५ मत ल्याए । 

गोसाइँकुण्ड–२ मा नेपाली कांग्रेसका कामी छिरिङ तामाङले एक सय ९७ मत ल्याएर विजयी भए ।  उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उर्किन तामाङले एक सय ८७ मत ल्याए ।

गोसाइँकुण्ड–३ मा नेपाली एमालेका मिङमर छिरिङ तामाङले  दुई सय ६० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डुक्तार  तामाङले एक सय ६७ मत ल्याए । 

गोसाइँकुण्ड–४ मा नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले नाै सय ६६ मत ल्याएर विजयी भए ।  उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका तेम्बा लामाले एक सय ३६ मत ल्याए । 

नौकुण्ड–१ मा नेपाली कांग्रेसका कान्छा तामाङले पाँच सय ६९ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राम नेकोरले तीन सय ८६ मत ल्याए । 

नौकुण्ड–२ मा नेकपा एमालेका ङाफु याल्बो थोक्राले चार सय ६५ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लालसिङ नेकोरले तीन सय ३४ मत ल्याएर पराजित भए । 

उत्तरगया–१ मा नेकपा एमालेका मारसिङ तामाङले पाँच सय ६० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले चार सय ९६ मत ल्याए ।

उत्तरगया–२ मा नेकपा एमालेका टुकु सुवेदीले तीन सय ६८ मत ल्याएर विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले दुई सय ९९ मत ल्याएर पराजित भए ।  उत्तरगया–३ मा नेकपा एमालेका लालबहादुर तामाङले चार सय ५१ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवारले चार सय २१ मत ल्याएका छन् । 

कालिका–१ मा माओवादी केन्द्रका दावा तामाङले पाँच सय ६६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छेवाङ सेनाम तामाङले पाँच सय ४८ मत ल्याए ।

कालिका–२ मा नेपाली कांग्रेसका उमेश बहादुर न्यौपानेले नाै सय सात मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बिक्रम लोप्चनले सात सय ६६ मत ल्याए ।

आमाछोदिङ्मो गाउँपालिका–१ मा नेकपा एमालेका साङ लामा तामाङले दुई सय ९० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले दुई सय ४८ मत ल्याए । 

आमाछोदिङ्मो गाउँपालिका–२ मा नेपाली कांग्रेसबाट ल्हाक्पा कामी तामाङले दुई सय ५७ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका अकाल तामाङले १ सय ९३ मत ल्याए । 

आमाछोदिङ्मो–३ मा नेकपा एमालेका सुरेन्द्र तामाङले तीन सय २८ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कामी नाम्ग्याल तामाङले दुई सय ८१ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार