२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्युठानका १९ वडाको मतपरिणाम सार्वजनिक, को-कहाँ विजयी ?

२०७९, १ जेष्ठ आईतवार ०७:०८

जेठ १, प्युठान | प्युठानका १९ वडाको निर्वाचन परिणाम सार्वजनिक गरिएको छ । जिल्लाका ६४ वडामध्ये १० वटा वडाको मतपरिणाम सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्युठानले जनाएको हो ।

पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेस ५, नेकपा माओवादी केन्द्र ५, नेकपा एमाले ४, राष्ट्रिय जनमोर्चा ४ र  स्वतन्त्र (विप्लव) १ बाट वडा अध्यक्षमा निर्वाचित भएका छन् । ऐरावती गाउँपालिका १, माण्डवी गाउँपालिका २, प्युठान नगरपालिका १, प्युठान नगरपालिका २ र गौमुखी गाउँपालिका १ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । स्वर्गद्वारी नगरपालिका १, प्युठान नगरपालिका २ , ऐरावती गाउँपालिका २, नौबहिनी गाउँपालिका ८ र सरुमारानी गाउँ पालिका ५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका हुन् ।

त्यसैगरी, नौबहिनी गाउँपालिका १, झिमरुक गाउँपालिका १, सरुमारानी ४ र ६ गरी ४ वडा अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएमा छन् । मल्लरानी १, २, प्युठान नगरपालिका ५ र स्वर्गद्वारी नगरपालिका २ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भए भने नेकपा (विप्लव) समूहबाट १ वडा अध्यक्ष विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने