२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता

२०७९, १ जेष्ठ आईतवार ०८:१८

जेठ १, काठमाडौं | काठमाडौं जिल्लामा रहेका ११ पालिकामध्ये आधाभन्दा बढीको प्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । 

हालसम्म सार्वजनिक भएको मतगणना अनुसार काठमाडौंका ११ पालिका मध्ये ७ वटामा एमाले, ३ वटामा नेपाली कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । 

काठमाडौं जिल्लामा एउटा महानगरपालिका र १० वटा नगरपालिका रहेका छन् । जिल्लामा काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र शङ्खरापुर नगरपालिका रहेका छन् । 

आयोगका अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ६०१ मत प्राप्त गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार रामशरण ढुंगानाले अग्रता लिएका छन् । उनले १ हजार ६४८ मत प्राप्त गरेका छन् । 

कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राज कुमार नकर्मीले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ६२० मत प्राप्त गरेका छन् । 

गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार उद्धव विशष्ट १ हजार ८०२ मतका साथ अग्र स्थानमा छन् । यस्तै, चन्द्रागिरी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम बहादुर राउतले अग्रता लिएका छन् । उनले हालसम्म १ हजार २३ मत प्राप्त गरेका छन् । 

टोखा नगरपालिकाको प्रमुखमा १ हजार ४०२ मतका साथ एमालेका उम्मेदवार प्रकाश अधिकारी अग्र स्थानमा रहेका छन् । तारकेश्वर नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार रामेश्वर बोहराले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ८७ मत प्राप्त गरेका छन् । 

दक्षिणकाली नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ९४९ मत प्राप्त गरेका छन् । नागार्जुन नगरपालिकाको प्रमुखमा २८७ मतका साथ कांग्रेसका उम्मेदवार मोहन बहादुर बस्नेत अग्र स्थानमा छन् । 

बुढानिलकण्ड नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मिठाराम अधिकारीले अग्रता लिएका छन् । उनले २ हजार ५८ मत प्राप्त गरेका छन् । शङ्खरापुर नगरपालिकाको प्रमुखमा १ हजार ३०२ मतका साथ एमालेका उम्मेदवार कृष्ण लाल बजगाईं अग्र स्थानमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने