२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनमत बढी, जित थोरै कम हुने देखियो – एमाले उपमहासचिव ज्ञवाली

२०७९, १ जेष्ठ आईतवार ०८:४८

जेठ १, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । 

गठबन्धन दलहरूबाट एमालेविरुद्ध घेराबन्दी र अनेक षड्यन्त्र पनि भएको ज्ञवालीले बताए । 

तर, पनि प्रारम्भिक अग्रता र सार्वजनिक भइसकेको स्थानीय तहको मत परिणामलाई आधार मान्दा एमाले सन्तोष मान्ने ठाउँ रहेको बताए । 

‘जुन ढंगको घेराबन्दी, मोर्चा र सत्ताको दुरुपयोगको बीचमा हामीले निर्वाचन लड्यौँ । त्यस हिसाबले हेर्दा प्रारम्भिक परिणाम र घोषणा भएकासँगै अग्रता हेर्दा समग्रमा एक खालको सन्तोषजनक नै परिणाम हो र यो उल्लेख हो’,  ज्ञवालीले भने ।


उनले स्थानीय तह निर्वाचनबाट जनमत एमालेको पक्षमा रहेको प्रारम्भिक संकेत मिलेको दाबी गरेका छन् । 

उनले भने, ‘अलिकति गहिरो विश्लेषण गर्न पर्सिसम्म पर्खिनुपर्छ । त्यसले रुझानलाई देखाउँछ । अहिले प्रारम्भिक रुझान भएकोले टिप्पणी गरिहाल्ने स्थिति छैन तर जनमत एमालेको पक्षमा रहेको संकेत ग‍र्‍यो ।’

७५३ स्थानीय तहमध्ये २६ वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । ८० वटा स्थानीय तहको भने मत गणना सुरु हुनै बाँकी छ ।

उपमहासचिव ज्ञवालीले अघिल्लो पटकभन्दा थोरै कम स्थानीय तहमा निर्वाचन जितिने संकेत पनि मिलेको बताए । 

एमाले २०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको थियो । झण्डै तीन सय स्थानीय तह एमालेले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने