१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसमा बढी अराजकता देखियो – माओवादी नेता गजुरेल

१ जेष्ठ २०७९, आईतवार ०९:०४

जेठ १, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणामप्रति असन्तुष्टि जनाएको छ ।

गठबन्धन दलहरूबीच भएको तालमेलको मर्मअनुसार अधिकांश ठाउँमा कांग्रेसले गठबन्धनमा रहेका अन्य दलका उम्मेदवारहरूलाई मत नदिएको प्रारम्भिक मत परिणामले पुष्टि गरेको माओवादी नेता हरिबोल गजुरेलले बताए । 


‘गठबन्धनका अन्य दलका मतदाताले तालमेल हुँदा कांग्रेसबाट जुन पदमा उम्मेदवारी परेको छ, इमान्दारीपूर्वक मत दिएका दिएको देखियो तर कांग्रेसबाट देखिएन । बरु बागी उठेकालाई भोट दिएर जिताएको देखियो’, उनले भने, ‘गठबन्धन दलहरूबीचको तालमेलको मर्मअनुसार मत नदिएर कांग्रेसबाट अराजकता प्रदर्शन भयो ।’

कांग्रेसबाट बागी उम्मेदवार भएर जनकपुर उपमहानगरपालिकामा मनोजकुमार शाहले अग्रता लिइरहेका छन् । गठबन्धनका उम्मेदवार लालकिशोर साहको निकै कम मत छ ।

पाँचथरको फालेलुङ गाउँपालिका–१ मा त कांग्रेसकै बागी अनिश गुरागाइँले गठबन्धनको उम्मेदवारलाई पराजित गरे । काभ्रेको धुलिखेलमा पनि कांग्रेसका बागी उम्मेदवार शक्तिशाली देखिएका छन् । अन्य स्थानीय तहमा पनि छ । 

परिणाम सोचे जस्तो आउने नदेखिएको र नआउने देखिनुमा कांग्रेस जिम्मेवार रहेको नेता गजुरेलले बताए ।  तर, पनि माओवादीले यस पटक २०७४ सालमा भन्दा बढी स्थानीय भने जित्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार