२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको खैरहनी र कालिकाका गरी चार वडामा कांग्रेस विजयी

२०७९, १ जेष्ठ आईतवार ०९:२८

जेठ १, चितवन | चितवनको कालिका नगरपालिका र खैरहनी नगरपालिकाका गरी चार वडामा कांग्रेस विजयी भएको छ । खैरहनी–१ र २ र कालिका–१ र १० को अध्यक्षमा कांग्रेसका उमेदवार निर्वाचित भएका हुन् । खैरहनी–२ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

खैरहनी नगरपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका नवराज भुसाल निर्वाचित भएका छन् । भुसाल एक हजार ९४ मत ल्याएर विजयी भए । उनका निकतम प्रतिस्पर्धी एमालेका बसन्त लामिछानेले ९ सय ३३ मत ल्याए । वडा सदस्यमा कांग्रेसका दिपेन्द्र चौधरीले ९ सय ८२ र एमालेकी अनिता नेपालले ९५०, महिला सदस्यमा एमालेकी बुधरमिया महतोले एक हजार ७९ र दलित महिला सदस्यमा एमालेकै सिर्जना सुनारले एक हजार ४२ मत ल्याएर निर्वाचित भएका छन् । 

खैरहनी नगरपालिका–२ मा कांग्रेसको प्यानल नै विजयी भयो । अध्यक्षमा कांग्रेसका रोहिणीप्रसाद उप्रेती ११ सय ६८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रकमल पाण्डेले ५८४ मत मात्रै प्राप्त गरे । खुला सदस्यमा युवराज बोगटी र आशी दराई, महिला सदस्यमा कमला खनाल र दलित महिला सदस्यमा मिना सुनार निर्वाचित भए ।

कालिका नगरपालिका–१ को अध्यक्षमा कांग्रेसका सन्तवीर स्याङ्तान ८९६ मत ल्याएर निर्वाचित भए । स्याङ्तानले आफ्नो निकटतम प्रतिस्पर्धी एमालेका बुद्धि बोमजनलाई ५३ मतान्तरले पराजित गरे । बोमजनले ८४३ मत प्राप्त गरे । सदस्यमा एमालेका ओमकार खड्का, जीवन लामा, महिला सदस्यमा एमालेकी सरस्वती खत्री र दलित महिला सदस्यमा एमालेकै लक्ष्मी परियार निर्वाचित भइन् ।

कालिका–१० को अध्यक्षमा कांग्रेसका नरजंग प्रजा ४९२ मत ल्याएर निर्वाचित भए । उनका निकटम प्रतिस्पर्धी एमालेका धनवीर प्रजाले ३०१ मत मात्रै प्राप्त गरे । खुला सदस्यमा कांग्रेसका रोमन श्रेष्ठ, माओवादीकी सुमित्रा तमाङ श्रेष्ठ, महिला सदस्यमा माओवादीकी सन्जु तमाङ र दलित महिला सदस्यमा ताराकुमारी विक निर्वाचित भइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा