२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा मतगणना सकिएका ११ वडामध्ये कांग्रेस ६ र एमाले पाँच वडामा विजयी

२०७९, १ जेष्ठ आईतवार ०९:५४

जेठ १, झापा | झापामा धमाधम मतगणना भइरहेको छ । १५ वटै स्थानीय तहमा मतगणना जारी रहेकाे जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

१५ स्थानीय तहमध्ये कतै गठबन्धन, कतै एमाले र कतै राप्रपा अगाडि छन् । कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापा अगाडि छन् । उनी कांग्रेसका बागी हुन् । झापामा कतिपय स्थानीय तहमा शुक्रबार रातिबाटै मतगणना सुरु भयो भने कतिपयमा शनिबार बिहान मात्र सुरु भयो । हालसम्म गणना सुस्त छ । झापामा हालसम्म ११ वटा वडामा अन्तिम मतपरिणाम आएको छ । जसमध्ये ६ वटा वडामा कांग्रेस र पाँचवटा वडा एमालेले जितेको छ ।

कांग्रेसबाट कचनकवल-१ मा कांग्रेसका महावीर लिम्बू निर्वाचित भएका छन् । यहाँ कांग्रेसले प्यानल नै जितेको हो । भद्रपुर-२ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ वडाध्यक्ष रामबहादुर कँडेल निर्वाचित भएका छन् । अन्य सदस्य पदमा भने एमालेले जित निकालेकाे छ ।

यस्तै, कनकाई-८ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ कांग्रेसका लीलाबहादुर कटुवाल निर्वाचित भएका छन् । बाह्रदशी-१ र २ मै कांग्रेस निर्वाचित भएको छ । बाह्रदशी-१ मा कांग्रेसका टेकबहादुर राजवंशी निर्वाचित भएका छन् । बाह्रदशी-२ मा कांग्रेसका भीमबहादुर कार्की विजयी भए ।

कमल-१ मा पनि कांग्रेसले प्यानल नै जितेको छ । कमल-१ मा कांग्रेसका केदार कटुवाल विजयी भए । अर्जुनधारा-१ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ कांग्रेसका उपेन्द्र बस्नेत निर्वाचित भएका हुन् ।

यस्तै, एमाले ५ वटा वडामा निर्वाचित भएको छ । कचनकवल-२ मा एमालेका लेखनाथ खत्री निर्वाचित भएका छन् । भद्रपुर-१ मा एमालेका रामप्रसाद अधिकारीको प्यानल नै विजयी भएको छ । शिवसताक्षी-१ मा एमालेका लक्ष्मीप्रसाद चेम्जोङ विजयी भएका छन् । दमक-१ मा एमालेका हरि न्यौपानेको प्यानल नै विजयी भएको छ । गौरीगञ्ज-१ मा एमालेका परशुराम काफ्ले विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने