२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी गाउँपालिका: दुइ वडाको मत परिणाम रोचक, ३ नम्वरमा एमालेको अग्रता

२०७९, १ जेष्ठ आईतवार १०:०८

जेठ १, काठमाडौँ । धादिङ ज्वालामुखी गाउँपालिकाका १ र २ नम्वर वडामा मतगणना सकिएको छ । अहिले वडा नम्वर ३ को मत गणना जारी छ ।दुई वडामा मत गणना गर्दा गाउँपालिकाको अध्यक्षको पदका लागि कांग्रेसले अग्रता कायम गरेको छ । 

यहाँ नेकपा एमालेका उम्मेदवार हरेराम लोहनीले १२२० मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार यमनाथ दनैले एमाले भन्दा ३६३ मत बढी पाएर १२२० मत सहित अग्रता दिएका छन् । त्यस्तै राप्रपाका उम्मेदवार टंक बहादुर अधिकारीले २१ मत पाएका छन् । 

त्यस्तै उपाध्यक्ष पदमा एकीकृत समाजवादीका उम्मेदवार धर्म बहादुर अर्यालले ११३५ मत पाएर अग्रता लिएका छन् । उपाध्यक्ष पदमा दोश्रो स्थानमा रहेकी माओवादी केन्द्रकि उपाध्यक्ष उम्मेदवार लक्ष्मी थापा मगरले ८९७ मत पाउँदा तेश्रो स्थानमा एमालेकि उम्मेदवार चन्द्र कुमारी अधिकारीले ७६५ मत प्राप्त गरेकी छन् ।

ज्वालामुखी १ मा एमाले उम्मेदवार ७ मतको अन्तरले बिजयी 

ज्वालामुखी १ मा एमालेका वडा अध्यक्ष उम्मेदवार कृष्ण गिरि ५०२ मत पाएर बिजयी बनेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई ७ मतको अन्तरले पराजित गरेका हुन् । 

ज्वालामुखी १ मा एमालेकी शर्मिला भारती खनाल महिला सदस्य पदमा बिजयी बन्दा एमालेबाटै दलित महिला सदस्यामा सिता परियार बिजयी बनेकी छन् । त्यस्तै वडा सदस्यहरुमा कांग्रेसका भोजनारायण श्रेष्ठ र एमालेका लोक बहादुर सामरी बिजयी भएका छन् । 

ज्वालामुखी २ मा नेपाली कांग्रेसका उम्मेदवार ३ मतको अन्तरले बिजयी 

ज्वालामुखी २ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार राजु लोप्पा ६२० मत पाएर बिजयी बनेका छन् । उनले माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवारलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । यस वडामा कांग्रेसको प्यानलनै बिजयी भएको हो ।

ज्वालामुखी २ मा हिमा कुमारी गुरुङ महिला सदस्य पदमा बिजयी बन्दा दलित महिला सदस्यामा सीता गोर्खाली बिजयी बनेकी छन् । त्यस्तै वडा सदस्यहरुमा छाप बहादुर गन्द्रमा र धन बहादुर तामाङ बिजयी भएका छन् । 

अहिले ज्वालामुखी ३ को मतगणना जारी छ । केहीबेर अघिको मत परिणाम अनुसार ३०० मत गणना हुँदा वडा नम्बर ३ को वडा अध्यक्षमा एमालेले ६ मतको अग्रता लिएको छ । एमालेका वडा अध्यक्ष उम्मेदवार रुद्र मान श्रेष्‍ठले १४६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार उमेश श्रेष्‍ठले १४० मत पाएका छन् । मतगणना अनुसार वडा अध्यक्षका अर्का उम्मेदवार एकीकृत समाजवादीका हरी प्रसाद पाठकले १ मत पाएका छन् । त्यस्तै राप्रपाका खेसाङ तामाङले पनि १ मत पाएका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने