४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी गाउँपालिका: दुइ वडाको मत परिणाम रोचक, ३ नम्वरमा एमालेको अग्रता

१ जेष्ठ २०७९, आईतवार १०:०८

जेठ १, काठमाडौँ । धादिङ ज्वालामुखी गाउँपालिकाका १ र २ नम्वर वडामा मतगणना सकिएको छ । अहिले वडा नम्वर ३ को मत गणना जारी छ ।दुई वडामा मत गणना गर्दा गाउँपालिकाको अध्यक्षको पदका लागि कांग्रेसले अग्रता कायम गरेको छ । 

यहाँ नेकपा एमालेका उम्मेदवार हरेराम लोहनीले १२२० मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार यमनाथ दनैले एमाले भन्दा ३६३ मत बढी पाएर १२२० मत सहित अग्रता दिएका छन् । त्यस्तै राप्रपाका उम्मेदवार टंक बहादुर अधिकारीले २१ मत पाएका छन् । 

त्यस्तै उपाध्यक्ष पदमा एकीकृत समाजवादीका उम्मेदवार धर्म बहादुर अर्यालले ११३५ मत पाएर अग्रता लिएका छन् । उपाध्यक्ष पदमा दोश्रो स्थानमा रहेकी माओवादी केन्द्रकि उपाध्यक्ष उम्मेदवार लक्ष्मी थापा मगरले ८९७ मत पाउँदा तेश्रो स्थानमा एमालेकि उम्मेदवार चन्द्र कुमारी अधिकारीले ७६५ मत प्राप्त गरेकी छन् ।

ज्वालामुखी १ मा एमाले उम्मेदवार ७ मतको अन्तरले बिजयी 

ज्वालामुखी १ मा एमालेका वडा अध्यक्ष उम्मेदवार कृष्ण गिरि ५०२ मत पाएर बिजयी बनेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई ७ मतको अन्तरले पराजित गरेका हुन् । 

ज्वालामुखी १ मा एमालेकी शर्मिला भारती खनाल महिला सदस्य पदमा बिजयी बन्दा एमालेबाटै दलित महिला सदस्यामा सिता परियार बिजयी बनेकी छन् । त्यस्तै वडा सदस्यहरुमा कांग्रेसका भोजनारायण श्रेष्ठ र एमालेका लोक बहादुर सामरी बिजयी भएका छन् । 

ज्वालामुखी २ मा नेपाली कांग्रेसका उम्मेदवार ३ मतको अन्तरले बिजयी 

ज्वालामुखी २ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार राजु लोप्पा ६२० मत पाएर बिजयी बनेका छन् । उनले माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवारलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । यस वडामा कांग्रेसको प्यानलनै बिजयी भएको हो ।

ज्वालामुखी २ मा हिमा कुमारी गुरुङ महिला सदस्य पदमा बिजयी बन्दा दलित महिला सदस्यामा सीता गोर्खाली बिजयी बनेकी छन् । त्यस्तै वडा सदस्यहरुमा छाप बहादुर गन्द्रमा र धन बहादुर तामाङ बिजयी भएका छन् । 

अहिले ज्वालामुखी ३ को मतगणना जारी छ । केहीबेर अघिको मत परिणाम अनुसार ३०० मत गणना हुँदा वडा नम्बर ३ को वडा अध्यक्षमा एमालेले ६ मतको अग्रता लिएको छ । एमालेका वडा अध्यक्ष उम्मेदवार रुद्र मान श्रेष्‍ठले १४६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार उमेश श्रेष्‍ठले १४० मत पाएका छन् । मतगणना अनुसार वडा अध्यक्षका अर्का उम्मेदवार एकीकृत समाजवादीका हरी प्रसाद पाठकले १ मत पाएका छन् । त्यस्तै राप्रपाका खेसाङ तामाङले पनि १ मत पाएका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ